IME Life New

बेलायती बीमा समूह प्रुडेन्सियलले भारतमा स्वास्थ्य बीमा कम्पनीमा पनि लगानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायती बहुर्राष्ट्रिय बीमा समूह, प्रुडेन्सियल पिएलसी (प्रुडेन्सियल) ले बिहीबार भारतीय स्ट्यान्डअलोन स्वास्थ्य बीमा कम्पनीको लागि एचसीएल समूहको प्रमोटर कम्पनी वामा सुन्दरी इन्भेस्टमेन्ट्स (दिल्ली) प्राइभेट लिमिटेड (वामा) सँग संयुक्त उद्यम स्थापना गर्ने योजना घोषणा गरेको छ।

एशियन इन्स्योरेन्स पोष्टका अनुसार नियामक स्वीकृति प्राप्त गर्ने गरी, प्रुडेन्सियल पिएलसीको बेलायती सहायक कम्पनी प्रुडेन्सियल ग्रुप होल्डिंग्स लिमिटेडले संयुक्त उद्यममा ७० प्रतिशत हिस्सा ओगट्ने सहमति भएको छ। बाँकी शेयर स्वामित्व भारतीय लगानीकर्तामा सीमित रहनेछ।

Esewa
Crest

भारतीय बीमा बजारमा प्रुडेन्सियल  पिएलसीले सन् २००१ देखि आईसीआईसीआई बैंकसँगको संयुक्त उद्यममा आईसीआईसीआई प्रुडेन्सियल लाइफ इन्स्योरेन्स नामक जीवन बीमा कम्पनी सञ्चालन गरिरहेको छ। यो कम्पनी भारतमा निजी क्षेत्र प्रवर्द्धित जीवन बीमकमध्ये शीर्ष पाँच कम्पनीको सूचीमा रहेको छ।भारतको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन फर्महरू मध्ये एक,आईसीआईसीआई  प्रुडेन्सियल एसेस्ट म्यानेजमेण्ट कम्पनीमा प्रुडेन्सियलको आईसीआईसीआईसँग लामो समयदेखिको साझेदारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS