IME Life New

गुगल जातीय भेदभावको मुद्दामा रु. ३.८७ अर्ब क्षतिपूर्ति तिर्न तयार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुगलले कर्मचारीहरुबीचको जातीय भेदभाव म्बन्धी मुद्दा अन्त्य गर्न २ करोड ८० लाख डलर (३ अर्ब ८७ करोड रुपैयाँ बढी) क्षतिपूर्ति तिर्न सहमत भएको छ।

मुद्दा दर्ता गर्नेहरुका अनुसार गुगलले अन्य जातीय पृष्ठभूमिका कर्मचारीलाई गोरा र एसियाली कर्मचारीको तुलनामा कम पारिश्रमिक र कम अवसरहरु दिन्छ। विश्वको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनीले सम्झौता भएको पुष्टि गरेको छ। यद्यपि, उसले आफूमाथि लागेको आरोप अस्वीकार गरेको छ।

Esewa
Crest

यो मुद्दा गुगलका पूर्वकर्मचारी आना क्यान्टुले २०२१ मा दायर गरेकी थिइन्। मुद्दामा हिस्पानिक, ल्याटिनो, नेटिभ अमेरिकन र अन्य पृष्ठभूमिका कर्मचारीले आफ्ना गोरा र एसियाली समकक्षभन्दा कम तलब र कम पदमा काम सुरु गरेको आरोप लगाइएको थियो।

समाचार एजेन्सी रोयटर्सका अनुसार सन् २०१८ फेब्रुअरी १५ र सन् २०२४ डिसेम्बर ३१ का बीचमा कम्तीमा ६ हजार ६३२ व्यक्तिले गुगलविरुद्ध यो मुद्दा दायर गरेका थिए। यस वर्षको सुरुमा गुगल आफ्नो भर्ती नीतिमा विविधता, इक्विटी र समावेशीकरण (डीईआई) कार्यक्रमहरुमा आफ्नो प्रतिबद्धताबाट पछि हट्ने अमेरिकी कम्पनीहरुमा सामेल भएको थियो।

डीईआई कार्यक्रमबाट फिर्ता भएका कम्पनीहरुमा मेटा, अमेजन, पेप्सी, म्याकडोनाल्ड र वालमार्टजस्ता ठूला कम्पनी छन्। गुगलको जरिवानासम्बन्धी सम्झौता यस्तो समयमा भएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगीहरुले डीईआई नीतिहरुमाथि लगातार आक्रमण गरिरहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS