IME Life New

दुई कम्पनी आइपीओ ल्याउने तयारीमा, धितोपत्र बोर्डसँग मागे अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुईवटा कम्पनीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएका छन्। आरती पावर कम्पनी र मेवा डेभलपर्सले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएका हुन्।

दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्दै निवेदन दिएका छन्। धितोपत्र बोर्डले अनुमति दिएमा आरती पावरले १०० रुपैयाँ अंकित दरका कुल ३६ लाख कित्ता साधारण शेयर जारी गर्नेछ। यो आइपीओ बिक्रीबाट कम्पनीले ३६ करोड रुपैयाँ पुँजी जुटाउनेछ।

Esewa
Crest

आरती पावरको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

यसैगरी धितोपत्र बोर्डको अनुमतिपछि मेवा डेभलपर्सले १०० रुपैयाँ अंकित दरका कुल १ करोड १२ लाख कित्ता अर्थात १ अर्ब १२ करोड रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS