IME Life New

ट्यारिफ युद्धले फस्यो अमेरिका, बढ्यो मन्दीको त्रास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी अर्थतन्त्रमा मन्दीको डर बढ्दै गएको छ। अमेरिकामा आर्थिक वृद्धिको गति सुस्त बन्दै गएको देखिन्छ।

ट्यारिफ युद्ध र महँगीजस्ता मुद्दाले अमेरिकाका लागि चुनौती सिर्जना गर्न सक्छ। अनुमानअनुसार सन् २०२५ मा अमेरिकाको जीडीपी वृद्धिदर साढे २ प्रतिशतभन्दा कम हुने अनुमान गरिएको छ। यसको कारण निर्यात र उपभोग घट्ने संकेत देखिएको छ। यससँगै अमेरिकामा मूल्य अभिवृद्धिको प्रवृत्ति पनि घट्दै गएको छ। अमेरिकामा जीडीपीमा बचतको अनुपात सन् २०११ यताकै न्यून स्तरमा झरेको छ।

Esewa
Crest

यो गिरावट पछाडि धेरै कारण छन्। तीमध्ये पहिलो हो ट्यारिफ युद्ध। जसका कारण अमेरिकामा आयात महँगो हुँदै गएको छ र त्यहाँका जनताले दैनिक उपभोग्य वस्तुको बढी मूल्य तिर्नुपर्ने अवस्था छ अर्थात् मुद्रास्फीति बढ्दै गएको छ। जसले गर्दा जनताको क्रयशक्ति घट्दै गएको छ।

यसका साथै महँगो कच्चा पदार्थका कारण अमेरिकी कम्पनीको उत्पादनमा समेत असर परेको छ। यस्तो अवस्थामा यदि यो ट्यारिफ युद्ध बढ्यो भने अमेरिकामा मन्दीको खतरा गहिरो हुन सक्छ।

ट्यारिफ युद्धका कारण विश्वव्यापी व्यापारमा अवरोधहरु बढ्न सक्छ। जसले कच्चा पदार्थको मूल्य र मुद्रास्फीति बढाउन सक्छ। अमेरिकी मन्दीका कारण विश्व बजारमा व्यापाक प्रभाव पर्न सक्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS