काठमाडौं । नेप्से परिसूचक आइतबार २७१४.८५ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक २१.६३ अंकले घटेको छ।
शेयर बजारमा ६ अर्ब ८३ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ६० करोड ४ लाख रुपैयाँको कारोबार भएको छ। जसमा २६ करोड ६ लाख रुपैयाँको खरिद भएको छ भने ३३ करोड ९७ लाख रुपैयाँको बिक्री छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४२ बाट २६ करोड ५६ लाख रुपैयाँको खरिद र २४ करोड २० लाख रुपैयाँको बिक्री छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये १ ब्रोकरबाट खरिद धेरै भएको छ भने ४ ब्रोकरले बिक्री धेरै गरेका छन्।