IME Life New

नेप्सेको सीईओका लागि ५ जनाको नाम सर्टलिस्ट, चैत ६ गते अन्तर्वार्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ।

अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले नेप्सेको सीईओका लागि परेका १० आवेदकमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको हो। सर्टलिस्टमा चूडामणि चापागाइँ, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल पर्न सफल भएका छन्।

Esewa
Crest

गत फागुन १२ गते सूचना प्रकाशित गरी फागुन १८ गतेसम्म नेप्सेको सीईओमा आवेदन खुला गरेको थियो। त्यसपछि तोकिएको अवधिभित्र ३ दिन सार्वजनिक बिदा परेको भन्दै समितिले ७ दिन म्याद थप गर्दै आज फागुन २५ गतेसम्म आवेदन खुला गरेको थियो।

आवेदन दिएकामध्ये युवराज दाहाल, प्रवीण अधिकारी, बिमलकुमार तिवारी, कृष्णबहादुर कार्की र मुकन्दराज जोशीले नेप्सेको सीईओ बन्ने दौडबाट बाहिरिएका छन्।

समितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई चैत १२ गते कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि डाकेको छ। कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता अर्थ मन्त्रालयमा बिहान ७ बजेबाट सुरु हुनेछ।

कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिन आउँदा नागरिकता, शैक्षिक योग्यता र कार्यानुभवको पुष्टि गर्ने सक्कल कागज प्रमाण लिएर उपस्थिति हुन उम्मेदवारहरुलाई समितिले आग्रह गरेको छ।

प्रस्तुतीकरण र अन्तर्वार्तापछि समितिले ती ५ जनामध्ये ३ जनाको नाम मन्त्रिपरिसदमा सिफारिस गर्नेछ। तिनै ३ जनामध्ये १ जनालाई मन्त्रिपरिषदले नेप्सेको सीईओमा नियुक्त गर्नेछ।

नेप्सेमा खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न लागिएको हो। नेप्सेका निवर्तमान सीईओ कार्कीको कार्यकाल माघ २५ गतेबाट सकिएको थियो। हाल नेप्सेको कामु सीईओ जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँललाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS