IME Life New

पर्यटन क्षेत्रमा १२%ले बढ्यो वाणिज्य बैंकहरुको कर्जा लगानी, कुनबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको माघसम्म वाणिज्य बैंकहरुबाट पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा २ खर्ब १६ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माघसम्म २० वटा वाणिज्य बैंकले २ खर्ब १६ अर्ब ७४ करोड ६ लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह भएको हो। अघिल्लो वर्ष यही अवधिसम्म यो क्षेत्रमा बैंकहरुले १ खर्ब ९३ अर्ब ३६ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा १२.०९ प्रतिशतले बढेको छ।

Esewa
Crest

पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले चालु आर्थिक वर्षको माघसम्म २२ अर्ब ९८ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ०.६१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २२ अर्ब ८४ करोड २९ लाख रुपैयाँ यो शीर्षकमा कर्जा प्रवाह गरेको थियो।

दोस्रोमा प्रभु बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म २१ अर्ब ५७ करोड ४५ लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष १७ अर्ब ५६ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकबाट गएको कर्जा २२.८५ प्रतिशतले बढेको छ।

पर्यटन क्षेत्रमा धेरै कर्जा प्रवाह गर्ने तेस्रो बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष १५ अर्ब ८२ करोड रुपैयाँ यो क्षेत्रमा कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा २०.८० प्रतिशतले बढेर १९ अर्ब ११ करोड ३ लाख रुपैयाँ पुगेको छ।

यसैगरी माघसम्म प्राइम कमर्सियल बैंकबाट १८ अर्ब ५७ करोड २४ लाख रुपैयाँ, कुमारी बैंकबाट १७ अर्ब ८ करोड ८१ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट १६ अर्ब ८६९ करोड ९८ लाख रुपैयाँ कर्जा गएको छ। अघिल्लो वर्ष यही अवधिको तुलनामा यस क्षेत्रमा प्राइमबाट गएको कर्जा १६.९९ प्रतिशत, कुमारीको १६.५० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको २३.९१ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको माघसम्म पर्यटन सेवा क्षेत्रतर्फ हिमालयन बैंकले १२ अर्ब ५७ करोड ३२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ११ अर्ब ६० करोड ४६ लाख रुपैयाँ र नबिल बैंकले ११ अर्ब १३ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा हिमालयनको १०.६९ र लक्ष्मी सनराइजको ३.०३ प्रतिशत कर्जा प्रवाह बढ्दा नबिलको ०.४५ प्रतिशतले घटेको छ।

यसैगरी माघसम्म एनएमबि बैंकले १० अर्ब २६ करोड २७ लाख रुपैयाँ, नेपाल बैंकले ८ अर्ब ८४ करोड १० लाख, सिद्धार्थ बैंकले ७ अर्ब ५७ करोड ७० लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ६ अर्ब ९८ करोड ४८ लाख रुपैयाँ, कृषि विकास बैंकले ६ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ, सानिमा बैंकले ६ अर्ब २४ करोड ३८ लाख रुपैयाँ, एभरेष्ट बैंकले ५ अर्ब ७१ करोड २९ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ४ अर्ब ९७ करोड २४ लाख रुपैयाँ, सिटिजन्स बैंकले ३ अर्ब ८८ करोड ५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले २ अर्ब ९५ करोड ८० लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ११ करोड ६५ लाख रुपैयाँ पर्यटन सेवा क्षेत्रमा कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा एआईसी एसिया र स्ट्यान्डर्ड चार्टर्डको कर्जा प्रवाह घटेको छ भने अन्यको बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS