IME Life New

उच्च अदालतले रोक्यो विशाल बजार कम्पनीको साधारणसभा, लिखित जबाफ पेस गर्न आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । उच्च अदालत पाटनले विशाल बजार कम्पनीलाई वार्षिक साधारणसभा रोक्न अन्तरिम आदेश दिएको छ।

विशाल बजार कम्पनीको साधारणसभा गर्ने कार्यविरुद्ध कम्पनी शेयरधनी सुनिलकुमार शाक्यले उच्च अदालतमा रिट निवेदन दिएका थिए। सोही रिट निवेदनमा सुनुवाइ गर्दै अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र ऋषि राजभण्डारीको संयुक्त इजलासले विशाल बजार कम्पनीलाई वार्षिक साधारणसभा रोक्न अन्तरिम आदेश दिएको हो।

Esewa
Crest

विशाल बजार कम्पनीले भोलि फागुन २८ गते आफ्नो ३४ औँ वार्षिक साधारणसभा डाकेको थियो। अदालतको आदेशसँगै अब कम्पनीले तोकिएको मितिमा साधारणसभा गर्न गर्न पाउने छैन।

शेयरधनी शाक्यले कम्पनीको साधारणसभा गर्ने निर्णय र प्रकाशित सूचना शेयरधनीको हितविपरीत नभएकोले सो कार्य यथास्थितिमा राखी अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए। शेयरधनीहरुको लगानीलाई मूल्यांकन नगरी उनीहरुलाई अलग राखी साधारणसभा सञ्चालन गर्दा लगानीकर्ताको हकहितमा प्रतिकूल असर पर्न सक्ने रिटमा उल्लेख छ।

अदालतले पनि साधारणसभा शेयरधनीको हितविपरीत हुने देखिएकोले तत्काल सो कार्य कार्यान्वयन नगर्न कम्पनीलाई अन्तरिम आदेश दिएको छ। रिट निवेदकको मागदाबी कम्पनी ऐन २०६३ को दफा १३९ (४) समेतको अनुकूल नै भएकोले निवेदनको अन्तिम किनारा नलागेसम्म साधारण नगर्न अन्तरिम आदेश दिँदै अदालतले १५ दिनभित्र विशाल बजार कम्पनीलाई लिखित जबाफ पेस गर्नसमेत आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS