IME Life New

बैंकहरुमा खासै बढ्न सकेन रियल स्टेट कर्जाको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रियल स्टेट कर्जाको माग खासै बढ्न नसकेको देखिएको छ। पछिल्लो समय आवासीय व्यक्ति घर कर्जाको माग पनि सुस्ताउन थालेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिना माघसम्मको तथ्यांकबाट यस्तो देखिएको हो। अर्थतन्त्रका सूचकहरु सकारात्मक नै रहे पनि घरजग्गामा जाने कर्जाको माग भने बढ्न सकेको छैन।

Esewa
Crest

तथ्यांकअनुसार गत असारसम्मको तुलनामा माघसम्म बैंकहरुले प्रवाह गरेको रियल स्टेट कर्जा ३.३ प्रतिशतले मात्र बढेको छ। बैंकहरुबाट चालु आर्थिक वर्षको माघसम्म २ खर्ब ७६ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ रियल स्टेट कर्जा प्रवाह भएको छ। गत असारसम्म बैंकहरुबाट २ खर्ब ६८ अर्ब १२ करोड ८९ लाख रुपैयाँ रियल स्टेट कर्जा भएको थियो।

बैंक तथा वित्तीय संस्थामा आवासीय व्यक्तिगत घर कर्जाको माग पनि सामान्य नै बढेको छ। तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिना माघसम्म बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ९९ अर्ब ३० करोड २९ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ। गत असारसम्म ३ खर्ब ८७ अर्ब १ करोड ६१ लाख रुपैयाँ यस्तो कर्जा भएको थियो। गत असारको तुलनामा माघसम्म यस्तो कर्जा ३.२ प्रतिशत मात्रले बढेको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ग्राहकले आवासीय व्यक्तिगत घर कर्जा २ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।

घर–जग्गाको कारोबार सुधार हुन नसक्नु र उद्योगी–व्यवसायी कर्जा लिन खासै उत्साहित नभएकोले कर्जा प्रवाहले गति लिन नसकेको हो।

अर्कोतर्फ बढ्दो खराब कर्जा व्यवस्थापनमा बैंकहरुलाई सकस परिरहेको र त्यस्ता कर्जा बढ्दा गैरबैंकिङ पनि बढ्दै गएकोले बैंकहरु दबाबमा छन्। यही कारणले घर–जग्गामा जाने कर्जाले गति लिन नसकेको जानकारहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS