IME Life New

‘भिजिट नेप्से’ कार्यक्रम हुँदै, सहभागी हुन विद्यार्थीलाई आवेदन खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) विद्यार्थीका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना गर्ने भएको छ।

नेप्सेले आज एक सूचना जारी गर्दै ग्लोबल मनी विक २०२५ मनाउने सन्दर्भमा यो कार्यक्रम आयोजना गर्न लागेको हो। ग्लोबल मनी विक विश्वभर मार्च १७ देखि मार्च २३ सम्म आयोजना हुँदैछ।

Esewa
Crest

भिजिट नेप्सेमा सहभागी हुन विद्यार्थीहरुका लागि अनलाइन आवेदन खुला गरिएको छ। जसअनुसार विद्यार्थीले आउँदो चैत १ गतेसम्म अनलाइन फाराम भर्न सक्ने व्यवस्था नेप्सेले गरेको छ।

नेप्सेका अनुसार यो कार्यक्रममा कक्षा १२ सम्म अध्ययन विद्यार्थी सहभागी हुन पाउनेछन्। पहिले अनलाइन फाराम भर्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा कार्यक्रममा सहभागी गराइने नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS