IME Life New

बीमा दाबी फर्छ्यौटका लागि आवश्यक कागजपत्रसहित सम्पर्कमा आउन बीमितलाई प्रभु इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्सले बीमा दाबी फर्छ्यौटका लागि आवश्यकि कागजपत्रसहित सम्पर्कमा आउन बीमितलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कम्पनीबाट जारी गरिएका बीमालेखहरुअन्तर्गतत विगतका आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको माघ मसान्तसम्म परेका दाबीहरुको निवेदन प्राप्त भएको तर हालसम्म केही बीमितले आवश्यक कागजात कम्पनीमा पेस नगरेकोले फर्छ्यौट हुन बाँकी रहेको कम्पनीले जनाएको छ।

Esewa
Crest

त्यस्ता बीमितले बीमा दाबी फर्छ्यौटका लागि आवश्यक कागजात (कोभिड दाबीबाहेक)सहित कम्पनीको नजिकको प्रदेश, शाखा तथा उपशाखा कार्यालय वा काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा र सम्बन्धित सर्भेयरलाई यथाशीघ्र सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ। आफ्नो बीमा दाबीको सम्बन्धित कागजात बुझाई दाबी फर्छ्यौट कार्यमा सहयोग गर्न कम्पनीले सूचित गरेको छ।

यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दाबीसम्बन्धी आवश्यक कागजात प्राप्त नभएमा दाबी फाइल बन्द गरी तामेलीमा राखिने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS