IME Life New

वाणिज्य बैंकमा सर्वाधिक नाफा कमाउनेमा नबिल अग्रस्थानमा, वृद्धिदरमा नेपाल बैंक अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको माघसम्म वाणिज्य बैंकहरुले ३६ अर्ब रुपैयाँ बढी नाफा कमाउन सफल भएका छन्।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको हुन्। अघिल्लो वर्ष यही अवधिसम्म वाणिज्य बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १.६२ प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म ९ वटा बैंकको नाफा बढेको छ भने ११ वटाको घटेको छ। समीक्षा अवधिसम्म सर्वाधिक नाफा कमाउने नबिल बैंक अग्रस्थानमा रहेको छ। यो बैंकले चालु वर्षको माघसम्म ४ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ०.६२ प्रतिशतले बढेको छ।

दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ९८ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ४५.०१ प्रतिशतले बढेको छ।

सर्वाधिक नाफा आर्जन गर्ने तेस्रो बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफामा ४४.५२ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको माघसम्म एभेष्ट बैंकले २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब १८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा एभरेष्ट बैंकको नाफा २९.३४ प्रतिशत, नेपाल बैंकको १५६.३१ प्रतिशत र एनएमबि बैंकको ४१.२८ प्रतिशतले बढ्दा प्राइम बैंकको भने १४.३१ प्रतिशतले घटेको छ। नाफा वृद्धिदरका हिसाबले नेपाल बैंक सबैभन्दा अगाडि रहेको छ।

चालु आर्थिक वर्षको माघसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ८६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ४७ करोड २४ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ३७ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा प्रभु बैंकको ९७.७८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १२.८५ प्रतिशतले बढेको भने स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन र सानिमा बैंकको घटेको छ।

यसैगरी माघसम्म राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ६ करोड १७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, सिटिजन्स बैंकले ९० करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकले ७९ करोड ९९ लाख रुपैयाँ, कुमारी बैंकले ७३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। नेपाल एसबीआई बैंकको नाफा २८.०८ प्रतिशतले बढ्दा राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे, सिटिजन्स, सिद्धार्थ, कृषि विकास बैंक, कुमारी र एनआईसी एसियाको नाफा घटेको छ।

वाणिज्य बैंकहरुमा एनआईसी एसियाको नाफामा सर्वाधिक गिरावट देखिएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसमा यो बैंकको नाफामा ७८.३१ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS