IME Life New

हिमालयन रिको शेयरमा लगानीकर्ताको आकर्षण, अलटाइम हाईमा शेयरभाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि) को शेयरभाउ अलटाइम हाईमा पुगेको छ। आज कारोबार बन्द हुँदा हिमालयन रिको शेयरभाउ प्रतिकित्ता १ हजार ९३ रुपैयाँ पुगेको हो। जुन हालसम्मकै उच्च हो।

आजमात्रै यो कम्पनीको शेयरभाउ ७.२५ प्रतिशत अर्थात ७३.९० रुपैयाँले बढेको छ। आज कारोबारका क्रममा हिमालयन रिको शेयरभाउ १ हजार १०० रुपैयाँसम्म पुगेको थियो।

Esewa
Crest

यसअघि हिमालयन रिको शेयरभाउ ५२ हप्ताको हाई १ हजार ७० रुपैयाँ थियो। जुन आज तोडिएको छ। कम्पनीको ५२ हप्ताको लो भने ५१२ रुपैयाँ रहेको छ।

आज बजारमा हिमालयन रिको सर्वाधिक कारोबार भएको छ। आज हिमालयन रिको मात्रै १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

नेपाल बीमा प्राधिकरणले सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी र निजी क्षेत्रबाट प्रवर्द्धित हिमालयन रिको न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ तोकिदिएको छ। न्यूनतम चुक्तापुँजी पुर्याउन प्राधिकरणले आउँदो वर्ष माघ मसान्तसम्मको समयसीमा तोकिदिएको छ।

हिमालयन रिको हाल चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ। सुरुआत पुँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीले आर्थिक वर्ष २०७९।८० मा शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर वितरण गरेपछि १० अर्ब ४० करोड रुपैयाँ पुगेको छ।

हिमालयन रिको गत वर्ष फागुन २० गते बसेको तेस्रो वार्षिक साधारणसभाले ४ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने १० अर्ब ४० करोड रुपैयाँको ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ। जसअनुसार कम्पनीले ८० प्रतिशतले हुन आउने ८ अर्ब ३२ करोड रुपैयाँ हकप्रद ल्याउने तयारी गरिरहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १८ अर्ब ७२ करोड रुपैयाँ पुग्ने र बाँकी रहेको पुँजी बोनस शेयर जारी गरेर पुर्याउने योजना कम्पनीले बीमा प्राधिकरणमा पेस गरेको थियो।

बीमा प्राधिकरणले हिमालयन रिलाई हकप्रद शेयर ल्याउन पूर्वस्वीकृति दिइसकेको छ। यद्यपि कम्पनीले हकप्रद ल्याउन नेपाल धितोपत्र बोर्डमा निवेदन भने पेस गर्न बाँकी रहेको छ। हकप्रद ल्याउन लागेकै कारण पनि हिमालयन रिको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ।

उता सरकारी स्वामित्वको नेपाल रिको हाल चुक्तापुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार १०० रुपैयाँ रहेको छ। यो कम्पनीले आर्थिक वर्ष २०७९।८० मा शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

नेपाल रिसँग पनि न्यूनतम चुक्तापुँजी पुर्याउने एकमात्र विकल्पका रुपमा हकप्रद शेयर जारी नै रहेको छ। नेपाल पुनर्बीमा कम्पनीको शेयरभाउ भने आज १ हजार ३३२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। आज यो कम्पनीको शेयरभाउ ९ रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS