IME Life New

आन्तरिक कलहको भूमरीमा एनआईसी एसिया बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय एनआईसी एसिया बैंक आन्तरिक कलहको भूमरीमा फस्दै गएको छ। विगत एक वर्षदेखि अहिलेसम्म पनि बैंकको आन्तरिक कलह सुल्टिन नसकेको बैंकका उच्चस्तरीय कर्मचारीहरु बताउँछन्।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेको मिसन र भिजन फेलियर बन्दै जाँदा अहिले बैंकलाई आन्तरिक कलह मिलाउन निकै गाह्रो परेको हो। शाखा विस्तारमा मात्रै ध्यान दिएका न्यौपानेले बैंकलाई विश्वसनीय बनाउनेतर्फ भन्दा पनि कर्जा बाँड्नेतर्फ बढी डोर्याउँदा अहिले बैंक उठ्नै धौधौ भइरहेको अवस्थामा पुगेको छ।

Esewa
Crest

उच्च व्यवस्थापनले न्यौपानेसँग यसको जबाफदेहीताबारे बुझ्दा उनी नाजबाफ हुने गरेको कर्मचारीहरु बताउँछन्। त्यसैले बैंकभित्रको आन्तरिक कलह झन् बढ्दै गएको कर्मचारीहरुको भनाइ छ।

सीईओ न्यौपानेले केही महिनाअघि राजीनामापत्र दिए पनि व्यवस्थापनले उनको जबाफदेहीतामाथि प्रश्न उठाएर राजीनामा स्वीकृत गरेको छैन। बैंकका कर्मचारीहरु अहिले बैंकमा काम गर्ने वातावरण नभएको बताउन थालेका छन्। उनीहरु सीईओ न्यौपानेलगायतको आन्तरिक कलह बैंकको कर्मचारीसम्म पुगेकाले समस्या सिर्जना भइरहेको बताउँछन्।

त्यसो त बैंकको समग्र पफर्मेन्स पनि खस्कँदो छ। जसकारण बैंकको व्यवसाय विस्तार घटेको छ भने निष्क्रिय कर्जा पनि उच्च छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा ४.६१ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही त्रैमासमा १.१९ प्रतिशतमात्रै रहेको निष्क्रिय कर्जा अहिले झ्याप्पै बढेको हो।

विगतमा सीईओ न्यौपानेले कर्जा वितरण नै गरेकाले अहिले त्यो कर्जा नउठ्दा बैंकमा समस्या बढ्दै गएको हो। सुस्त अर्थतन्त्रको बहाना बनाए पनि एनआईसी एसियाबाट न्यौपानेले कर्जा र धितोको गुणस्तर नै नहेरी कर्जा बाँडेको आरोप लाग्दै आएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईसी एसिया बैंकले सबैभन्दा कम नाफा कमाएको छ। बैंकको नाफा १५ करोड रुपैयाँमा सीमित भएको होे। जब कि गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ९० करोड रुपैयाँ थियो।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा एनआईसी एसिया बैंकको निक्षेप तथा कर्जा दुवै घटेको छ। बैंकको कर्जा लगानी ११.५२ प्रतिशतले घटेको छ भने निक्षेप १६ प्रतिशतले घटेको छ। गत असार मसान्तमा २ खर्ब ८५ अर्ब ३३ करोड रुपैयाँ रहेको बैंकको कर्जा माघ मासान्तमा आउँदा ३२ अर्ब ८८ करोड रुपैयाँ घटेर २ खर्ब ५२ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ। यस्तै, गत असार मसान्तमा ३ खर्ब ६० अर्ब ५४ करोड रुपैयाँ रहेको बैंकको निक्षेप माघ मसान्तमा आउँदा ५८ अर्ब २२ करोड रुपैयाँले घटेर ३ खर्ब २ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ।

प्राथमिक पुँजी कोषको समस्यामा रहेको बैंकले पुँजी कोष व्यवस्थापन गर्न व्यवसाय नै घटाएको छ। बैंकको व्यवसायमा साना तथा मझौला व्यवसाय कर्जाको हिस्सा धेरै रहेको र अर्थतन्त्रमा सुस्ततासँगै सोही क्षेत्रको कर्जामा समस्या देखिँदा बैंक ठूलो दबाबमा छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको तथ्यांकअनुसार बैंकको ईपीएस २३.५५ रुपैयाँले घटेर २.०४ रुपैयाँ रहेको छ। बैंकको नेटवर्थ पनि घट्दो छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

21%
sad

दु :खी

7%
amazed

अचम्मित

7%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS