IME Life New

माघमा किन घट्यो वाणिज्य बैंकहरुको कर्जा विस्तार वृद्धि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले विगतका महिनामा गरिरहेको कर्जा विस्तारको वृद्धि माघमा भने सुस्ताएको छ। माघमा करिब ८ अर्ब रुपैयाँमात्रै कर्जा विस्तार वृद्धि भएको छ। बैंकहरुले मंसिर र पुसमा कर्जा विस्तार बढाएकोमा माघमा पुनः सुस्ताएको हो। पुसमा त लामो समयपछिको कर्जा वृद्धि बढेको थियो।

माघमा १२ अर्ब १३ करोड रुपैयाँमात्रै कर्जा विस्तार भएको नेपाल बैंकर्स संघले जनाएको छ। जब कि मंसिरमा ४२ अर्ब रुपैयाँ र पुसमा ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो। वाणिज्य बैंकहरुले माघसम्म कुल ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

Esewa
Crest

माघमा १४ बैंकले कर्जा लगानी बढाएका छन् भने ६ बैंकको खुम्चिएको छ। सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको कर्जा ४ अर्ब २२ करोड रुपैयाँले बढेको छ। पुस मसान्तमा बैंकको कुल कर्जा १ खर्ब ३९ अर्ब ५ करोड रहेकामा माघ मसान्तमा आइपुग्दा १ खर्ब ४३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।

माघमा कर्जा विस्तार कम हुनेमा एनआईसी एसिया अग्रस्थानमा छ। यो बैंकको कर्जा सबैभन्दा धेरै ८ अर्ब ६८ करोड रुपैयाँले खुम्चिएको छ।

माघमा लक्ष्मी सनराइज बैंकले ३ अर्ब ५७ अर्ब रुपैयाँ, एभरेष्ट बैंकले ३ अर्ब ५१ करोड रुपैयाँ, हिमालयन बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ, प्रभु बैंकले ३ अर्ब १३ करोड रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ५९ करोड रुपैयाँ र नबिल बैंकले २ अर्ब ७२ करोड रुपैयाँ कर्जा बढाएका छन्।

त्यसैगरी कुमारी बैंकको ३ अर्ब ७३ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ अर्ब ९२ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकको २ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको ८१ करोड रुपैयाँले कर्जा खुम्चिएको छ।

बैंकरहरुका अनुसार माघमा आयातका लागि जाने कर्जाको माग घट्यो। जसकारण कर्जा विस्तार वृद्धिमा धक्का लाग्यो। बैंकहरुले अन्य क्षेत्रमा कर्जा लगानीका लागि अनेक उपाय गर्दा पनि कर्जाको माग नै बढ्न सकेन।

कर्जाको ब्याजदर घटाउने, कर्जा लिनका लागि ग्राहकलाई फोन गर्नेलगायतका काम बंैकहरुले गरे पनि माग बढाउन नसकिएको बैंकरहरु सुनाउँछन्। त्यसकारण कर्जाको माग नै कम भयो। तर, पुसमा कर्जाकै किस्ता तिर्न पनि ऋण लिनुपरेकाले केही कर्जा विस्तार बढेको बैंकरहरुको भनाइ छ।

माघमा कर्जामात्र होइन बैंकहरुले निक्षेप पनि खासै बढाउन सकेनन्। माघमा १० बैंकले निक्षेप बढाउँदा १० बैंकको भने खुम्चिएको छ। वाणिज्य बैंकहरुले माघसम्मको निक्षेप ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।

कर्जा बढाउन नसकेको एनआईसी एसिया बैंकले माघमा निक्षेप पनि बढाउन सकेन। एनआईसी एसिया बैंकको निक्षेप सबैभन्दा धेरै ११ अर्ब ६० करोड रुपैयाँले खुम्चिएको छ। निक्षेप खुम्चिनेमा एनआईसी एसिया, नेपाल एसबीआई, स्ट्यान्डर्ड चाटर्ड, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, प्रभु, नेपाल, कुमारी, हिमालयन र ग्लोबल आइएमई बैंक छन्।

माघमा एनएमबि बैंकमा सबैभन्दा धेरै ११ अर्ब ६० करोड रुपैयाँ निक्षेप थपिएको छ। त्यसैगरी नबिल बैंकमा १० अर्ब ४० करोड रुपैयाँ, एभरेष्ट बैंकमा ८ अर्ब ४० करोड रुपैयाँ र सानिमा बैंकमा ४ अर्ब २० करोड रुपैयाँ निक्षेप थपिएको छ।

निक्षेपमा अहिले निकै न्यून ब्याजदर पाइने भएकाले नागरिकहरु निक्षेपतर्फ भन्दा अन्य बचतका उपायतर्फ आकर्षित हुन थालेका छन्। सोही कारण सेयर बजारमा पनि लगानी क्रमशः बढिरहेको छ।

अहिले न्यूनतम विन्दुमा पुगेको ब्याजदर घट्ने ठाउँ नपाएपछि ब्याजदर घट्ने क्रम भने रोकिएको छ। यसले कर्जा लगानी बढाउन झनै असर पर्ने कतिपयको बुझाइसमेत छ। उसो त ऋणीहरुले अहिले पनि १० प्रतिशतभन्दा बढीमै कर्जाको ब्याज आफूहरुले तिर्नुपरेको गुनासो गर्दै आएका छन्।

पुरानो ऋणमा ब्याजदर घटेको महसुस गर्न नपाउँदा अहिले समस्या सिर्जना भइरहेको निजी क्षेत्रको गुनासोसमेत छ। यसले कर्जा विस्तारमा अझै केही समय सुस्तता छाउने जानकारहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS