IME Life New

आइपीओ ल्याउन रायन इनर्जीले ग्लोबल आइएमईसँग गर्यो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा र प्राथमिक शेयर निष्कासनसम्बन्धी सेवाको लागि रायन इनर्जी र ग्लोबल आइएमई क्यापिटलबीच ‘बिजनेस कन्सेप्ट टु लिस्टिङ’अन्तर्गत द्विपक्षीय सम्झौता भएको छ। माघ २९ गते मंगलबारका दिन काठमाडौंमा आयोजित एक कार्यक्रममा रायन इनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक दिपककुमार रौनियार र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

नेपालका अग्रणी नवीकरणीय ऊर्जा क्षेत्रका लगानीकर्ताद्वारा स्थापित दुई तथा तीनपांग्रे विद्युतीय सवारीसाधनको संयोजन तथा उन्नत ब्याट्री स्वाप मेकानिजम् र सञ्चालन प्रणाली एकीकृत गर्ने तथा नेपालको यातायत क्षेत्रमा दिगो भविष्य निर्माण गर्ने उद्देश्यले स्थापित रायन इनर्जीले आगामी आर्थिक वर्ष २०८२।८३ भित्र प्राथमिक शेयर निष्कासन गर्ने तयारी गरेको छ। २०७७ सालमा कम्पनी रजिस्ट्रारको कार्यालयमा प्रालिका रुपमा दर्ता भएको रायन इनर्जीको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको दरबारमार्ग रहेको छ।

Esewa
Crest

कम्पनीले मिति २०७८ साल पौषमा उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट विभिन्न प्रकारका इलेक्ट्रिक सवारीसाधन (दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे) एसेम्बल गर्नको निमित्त अनुमति प्राप्त गरी कार्य सञ्चालन गरेको हो। यो कम्पनी नवीकरणीय ऊर्जा क्षेत्रमा ३० वर्षभन्दा बढी समयदेखि कार्य गर्दै आएका सक्रिय उत्साही व्यवसायी तथा विभिन्न क्षेत्रमा अनुभवी व्यक्ति समूहद्वारा स्थापित व्यावसायिक संस्था हो। यस समूहले एसेम्ब्ली प्लान्ट, नवीकरणीय ऊर्जा प्रणाली एकीकरण र वितरण, ग्रामीण तथा शहरी विद्युतीकरणको साथै सौर्य सिंचाई, पावर ब्याकअप प्रणाली एकीकरण तथा स्थापना लगायतका विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेको छ। यसले हालको बजार अवस्थाको गहिरो विश्लेषण गर्दै नेपालमा दिगो तथा स्वच्छ यातायात प्रणाली विकासमा अग्रणी स्थान हासिल गर्न सक्ने विश्वास लिइएको छ।

कम्पनीले नवीकरणीय ऊर्जामा आधारित दिगो यातायात प्रवर्द्धन गर्न प्रतिबद्घ रहनुका साथै बजारमैत्री विद्युतीय सवारीसाधनको निर्माण तथा डिजाइन, विकास तथा एसेम्बलीमार्फत अत्याधुनिक प्रविधि, उच्च कार्यक्षमता, उत्कृष्ट प्रदर्शन तथा वातावरणीय स्थायित्वप्रति प्रतिबद्घतासहित स्वच्छ तथा दिगो यातायात प्राणली विकासमा कटिबद्घ रही कार्य गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS