इन्स्योरेन्स खबर/काठमाडौंः मंगलबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । योसाता लगातार दुई दिन २० अंकले घटेको बजार आज १५ दशमलव ६५ अंकले घटेर १ हजार ३ सय ६१ दशमलव ०२ को बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका उत्पादन तथा प्रशोधन बाहेकका सबै समूह बढेका छन् । जसमध्ये बीमा समूह सबैभन्दा बढी १५१ दशमलव २३ अंकले बढेको छ । त्यस्तै होटल समूह ४३ दशमलव ८८ अंकले बढेको छ । त्यस्तै लघुवित्त समूह ३५ दशमलव ७६ अंकले, जलविद्युत समूह २० दशमलव ३ अंकले, विकास बैंक समूह १८ दशमलव १७ अंकले, बैंकिङ समूह ११ दशमलव ७४ अंकले, फाइनान्स समूह शुन्य दशमलव १४ अंकले र अन्य समूह शुन्य दशमलव ०६ अंकले बढेका छन् ।
कारोबार पनि देखियो सुधार
मंगलबार बजारमा १६५ कम्पनीका १४ लाख ३९हजार ३९३ कित्ता सेयर ५० करोड ६४ लाख ८९ हजार ३२२ रुपैयाँमा खरिद विक्री भएका छन् । सोमबार बजारमा ४३ करोड रुपैयाँको र अघिल्लो दिन आइतबार ३६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । जसमध्ये सिभिल बैंक लिमिटेडको सबैभन्दा बढी ९ करोड ३१ लाख रुपैयाँ बराबरको ५ लाख ७७ हजार ८८६ कित्ता सेयर खरिदबिक्री भएका छन् । आज कम्पनीको शेयर मुल्य पनि प्रतिकित्ता ३ रुपैयाँ बढेर १६८ रुपैयाँ पुगेको छ ।