IME Life New

भारतमा ज्येष्ठ नागरिकलाई राहात, बीमकलाई जथाभावी स्वास्थ्य बीमाको प्रिमियम बढाउन रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक आईआरडीएआईले ज्येष्ठ नागरिकलाई ठूलो राहत दिएको छ। आईआरडीएआईले जथाभावी रुपमा स्वास्थ्य बीमाको वार्षिक प्रिमियम बढाउने बीमा कम्पनीको कार्यमा अंकुश लगाएको हो।

आईआरडीएआईले अब ज्येष्ठ नागरिकहरुले वार्षिक स्वास्थ्य बीमामा १० प्रतिशतसम्म बढी प्रिमियम तिर्नुपर्ने व्यवस्था गरेको छ। योसँगै बीमा कम्पनीहरुले ज्येष्ठ नागरिकको वार्षिक स्वास्थ्य बीमा योजनाको प्रिमियम १० प्रतिशतभन्दा बढी बढाउन पाउने छैनन्। यसअघि कम्पनीहरुले आफूखुसी १० प्रतिशतभन्दा बढी प्रिमियम बढाउँदै आएका थिए।

Esewa
Crest

आईआरडीएआईले ज्येष्ठ नागरिकलाई लक्षित गरी व्यक्तिगत स्वास्थ्य बीमा योजनाहरु बन्द गर्नुअघि बीमा कम्पनीहरुले स्वीकृति लिनुपर्ने व्यवस्था पनि गरेको छ।

प्रस्तावित प्रिमियम वार्षिक १० प्रतिशतभन्दा बढी भएमा स्वीकृति लिनुपर्ने बीमा नियामकले जनाएको छ। यसका साथै ज्येष्ठ नागरिकलाई दिइने व्यक्तिगत स्वास्थ्य बीमा उत्पादन फिर्ता लिँदा कम्पनीले स्वीकृति लिनुपर्नेछ।

आईआरडीएआईका अनुसार ज्येष्ठ नागरिकको आयको स्रोत सीमित रहेको जनाएको छ। ‘स्वास्थ्य बीमाको प्रिमियम एकदमै बढ्दा ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित हुन्छन्। यो विषयले आईआरडीएआईको ध्यान आकर्षित गरिरहेको छ र नियामक चासोको विषय बनेको छ’, बीमा कम्पनीहरुलाई जारी निर्देशनमा आईआरडीएआईले भनेको छ, ‘अचानक प्रिमियममा हुने परिवर्तनले ज्येष्ठ नागरिकलाई उनीहरुलाई आवश्यक पर्ने कभरेज प्राप्त गर्नबाट रोक्न सक्छ।’

आईआडीएआईले प्रिमियम दर मुख्य रुपमा अनुमानित दाबी रकम र बीमा कम्पनीले बीमा पोलिसीहरु प्राप्त गर्न र सेवा गर्नका लागि खर्च गरेको अधिग्रहण लागतसहित खर्चहरुको आधारमा तय गर्ने निर्देशन दिएको छ। दाबी खर्चहरु धेरै हदसम्म विभिन्न उपचार तथा शल्यक्रियाहरुका लागि अस्पतालहरुले लिएको रकममा निर्भर हुन्छन्।

आईआडीएआईले बीमा कम्पनीहरुलाई अस्पतालहरुको संयुक्त प्यानलको सुवधा प्रदान गर्न प्रधानमन्त्री जन आरोग्य योजनाजस्तै समान वार्तालापबाट तय गरिएको प्याकेज दरहरु स्थापना गर्न निर्देशन पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS