IME Life New

उत्पादन बढे पनि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेशमा आर्थिक वर्ष २०८०।८१ मा कृषि उत्पादन बढे पनि कृषि बालीले ढाकेको क्षेत्रफल भने घटेको छ।

नेपाल राष्ट्र बैंकले तयार पारेको कोशी प्रदेशको आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९।८० को तुलनामा आर्थिक वर्ष २०८०।८१ मा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.५५ प्रतिशतले घटेको छ। ‘समीक्षा अवधिमा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसारलगायत बालीले ढाकेको क्षेत्रफल घटेकोले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७.९२ प्रतिशत, तरकारी बालीको ५.११ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ६.९७ प्रतिशत रहेको छ। कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१.६४ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८०।८१ मा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन १.१३ प्रतिशतले वृद्धि भएको छ। विशेषगरी खाद्य बाली अन्तर्गत धान ७.४५ प्रतिशत तथा कोदो ०.८६ प्रतिशतले बढेकाले समग्र कृषि बालीको उत्पादन वृद्धि भएको देखिन्छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा तरकारीको उत्पादन १.९८ प्रतिशत, चियाको उत्पादन ०.०१ प्रतिशत, कफीको उत्पादन १.२३ प्रतिशत तथा महको उत्पादन ०.२८ प्रतिशतले बढेको छ भने फलफूलको उत्पादन ०.९४ प्रतिशत र मसलाको उत्पादन ८.०३ प्रतिशतले घटेको छ।

आर्थिक वर्ष २०८०।८१ मा यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३७.३ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३६.७४ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८०।८१ मा कोशी प्रदेशमा कुल सिञ्चित क्षेत्रफल १.५२ प्रतिशतले विस्तार भएकोछ। आर्थिक वर्ष २०८०।८१ मा कोशी प्रदेशमा दूध उत्पादन १९.९३ प्रतिशत, मासु उत्पादन २.३० प्रतिशत तथा माछा उत्पादन १.२१ प्रतिशतले बढेको छ भने अन्डा उत्पादन १.७३ प्रतिशत तथा ऊनको उत्पादन ६.४३ प्रतिशतले घटेको छ।

आर्थिक वर्ष २०८०।८१ मा काठको उत्पादन १५.२९ प्रतिशतले बढेको छ। २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा २.१० प्रतिशतले घटेर रु. ५९ अर्ब ९० करोड ७४ लाख ४१ हजार पुगेको छ। २०८१ असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश १०.१२ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS