IME Life New

नेपालमा पनि सञ्चालन गर्न सकिन्छ भारतमा जस्तै बीमालेख बिक्री केन्द्र ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा निर्जीवन बीमकले सवारीसाधनको बीमाका लागि इन्धन स्टेसन (पेट्रोल पम्प)हरुमा बिक्री केन्द्र सञ्चालन गरिरहेका छन्। दुईदेखि चारपांग्रे सवारीसाधनको दैनिक ठूलो संख्यामा ओहोरदोहोर हुने स्टेसनमा ग्राहकको सुविधाका लागि बिक्री केन्द्र सञ्चालन गरिएका हुन्।

भारतीय महानगरहरुमा बीमितको घर वा कार्यालयबाट पायक पर्ने गरी ठूलो संख्यामा शाखा कार्यालय सञ्चालन गर्न नसकिने भएपछि बिक्री केन्द्रका लागि पेट्रोल स्टेसनलाई उपयुक्त स्थानका रुपमा रोजिएको हो। शाखा कार्यालय सञ्चालन र व्यवस्थापन खर्चको तुलनामा बीमा बिक्री केन्द्र सञ्चालन र व्यवस्थापनको खर्च थोरै हुने भएकाले यस्तो बिक्री केन्द्र प्राथमिकतामा पर्न थालेका छन्।

Esewa
Crest

यस्तो बिक्री केन्द्रबाट बीमितले सहज रुपमा सवारी बीमा, दुर्घटना बीमा र स्वास्थ्य बीमाका लागि जानकारी लिन, आवेदन दिन र बीमालेख खरिद गर्ने सुविधा उपलब्ध हुन्छ। साथै, बीमालेख नवीकरण गर्ने सुविधा पनि बिक्री केन्द्रले उपलब्ध गराई रहेको छ।

बिक्री केन्द्रहरुबाट बीमालेख बिक्री गर्नका लागि सूचना प्रविधिका माध्यमबाट बीमकको केन्द्रीय सूचना प्रणालीमा बिक्री केन्द्रलाई जोडिएको हुन्छ। बिक्री केन्द्रमा जडान गरिएको कम्प्युटरबाट बिक्री केन्द्र प्रतिनिधिले बीमकको सफ्टवेयरमा बीमितसँग सम्बन्धित सम्पूर्ण विवरण, सवारी चालक प्रमाणपत्र र सवारीधनी प्रमाणपत्रको विवरण प्रविष्ट गरिदिन्छन्।

पूर्वनिर्धारित सर्तअनुसारको सम्पूर्ण विवरण सफ्टवेयरमा प्रविष्ट भइसकेपछि सफ्टवेयरले नै जोखिमांकन (अन्डराइटिङ) गर्छ। जोखिमांकनका आधारमा बीमितबाट डिजिटल माध्यम (क्यूआर कोड वा डिजिटल बैंकिङ) मार्फत बीमाशुल्क भुक्तानी गर्न लगाइन्छ। यसरी बीमाशुल्क प्राप्त भइसकेपछि तत्कालै बीमालेख तयार पारी गरिदिन्छ।

यसरी तयार भएको बीमालेखलाई बिक्री केन्द्र प्रतिनिधिले तत्कालै मुद्रण गरी बीमालेख बीमितलाई हस्तान्तरण गर्छन्। यसरी बीमालेख आवेदन दिनेदेखि लिएर बीमालेख जारी गर्नेसम्मको प्रक्रियामा जम्मा ५ देखि ७ मिनेट लाग्छ।

नेपालमा पनि बीमकले बैंक वित्तीय संस्था, डिजिटल वालेट वा दूरसञ्चार कम्पनीसँग सहकार्य गरेर यस्तो बिक्री केन्द्र सञ्चालनमा ल्याउन सक्छन्। यस्तो सहकार्यले व्यवस्थापन र जनशक्तिको खर्च मितव्ययी बनाउन सजिलो हुनेछ। बहुसेवा केन्द्रित यस्ता बिक्री केन्द्रबाट ग्राहकले मोबाइल सिम खरिद गर्ने, बैंक खाता सञ्चालन गर्ने, बैंकिङ सेवाको आवेदन दिने, डिजिटल वालेटसम्बन्धी सेवा लिने र साथसाथै बीमालेख खरिद वा नवीकरण गर्ने सेवासमेत प्राप्त गर्न सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS