IME Life New

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, बैंकिङ प्रणालीबाट पैसा तानेको तान्यै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि नेपाल राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न सकस परिरहेको छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ६६ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहेको छ भने ५२ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। बैंकिङ प्रणाली पैसा थुप्रिएसँगै अधिक तरलता पनि ह्वात्तै बढेको छ।

Esewa
Crest

केन्द्रीय अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीबाट पैसा खिच्छ भने तरलता कम हुँदा पैसा पठाउने गर्छ। हाल बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले लगातार पैसा तानिरहेको छ।

राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्न लागेको छ। यसका लागि अपराह्न २ बजेसम्म अनलाइन बोलकबोल गर्ने भएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको मंसिर २६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले मंसिर २ गते पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्न बोलकबोल गरेको थियो। तर, बैंकले २२ अर्ब २० करोड रुपैयाँको मात्र बोली लगाएका थिए। राष्ट्र बैंकले भने २० अर्ब २० करोड रुपैयाँमात्रै खिचेको थियो।

चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २४ पटक निक्षेप संकलन उपकरण प्रयोग गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS