IME Life New

के हामीले जतिखेर पनि आँखा तन्काउने मोबाइल फोनको उज्यालोले मात्र निद्रा खलबल्याउँछ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवित प्राणीको स्वास्थ्य र शारीरिक विकासका लागि निद्रा महत्वपूर्ण हो । मानिसले पर्याप्त आराम र निद्राको विकल्प छैन । मनोचिकित्सकका अनुसार वयस्कलाई दिनमा सातदेखि आठ घण्टा निद्रा आवश्यक हुन्छ।

डिजिटल प्रविधिको बढ्दो प्रयोगले अचेल मानिसको निद्रा खलबलिएको छ। ओछ्यानदेखि भान्छा घर, सवारी साधनदेखि कार्यकक्षसम्म डिजिटल उपकरणहरूले कब्जा गरेको छ। अझ खल्तीमै अटाउने मोबाइल फोन होस् वा टेबलमा अडिने ल्यापटपको स्क्रिन (पर्दा) को चमकले निद्रा खलबलाउन थालेको दोष लगाइन्छ। विशेष गरी युवापुस्तामा राति  अबेर सम्म अनिदो बस्ने प्रवृत्ती पाइन्छ ।

Esewa
Crest

धेरै वयस्कहरू गुनासो गर्छन् कि हालको पुस्ताका धेरैजसो निद्राको अवधि र सुत्ने समयको कुनै ठेगान हुँदैन। उनीहरू कोही राती ढिलो सुत्छन्, बिहान सबेरै ब्युझन्छन्, कोही भने ढिलो सुतेर ढिलै ओछ्याउन छाड्छन् । मोबाइल फोन सहित विभिन्न डिजिटल उपकरणबाट निस्किले निलो बत्ती वा निलो प्रकाश, प्रायः अनिद्राको लागि दोष लगाइन्छ। तर, विज्ञहरु भने अनिद्राको कारण यति मात्र नभएको बताउँछन् ।

स्मार्टफोनको निलो बत्तीले मात्र हामीलाई राति अबेरसम्म अनिदो बनाइ राख्छ भन्ने धारणा पूर्णतया सत्य होइन। अनुसन्धानकर्ताहरू भन्छन्, प्रविधिबाट उत्सर्जित विभिन्न प्रकारको प्रकाशले निद्रामा असर गर्छ, तर निलो प्रकाश मात्र अनिद्राको दोषी होइन। अक्सफोर्ड विश्वविद्यालयका सर्काडियन न्यूरोसाइन्सका प्रोफेसर स्टुअर्ट पियर्सन भन्छन्,निद्रा एउटा जटिल प्रकृया हो।

अर्का अनुसन्धानकर्ता स्टुअर्ट पियर्सन भन्छन्,आँखामा भएका प्रापकहरूले हाम्रो दिमागलाई उठ्ने संकेतहरू पठाउँछन्। प्रापकहरूलाई नीलो प्रकाश अवशोषित गर्ने कोशिकाहरू, साथै रातो बत्ती जस्ता लामो तरंगदैर्ध्यहरू अवशोषित गर्ने कक्षहरूद्वारा सचेत गरिन्छ। अर्थात् निद्रामा बाधा पुर्‍याउने प्रकाशको कुनै विशेष रङभन्दा पनि उज्यालो हाम्रो आँखामा कति समयसम्म अडिन्छ र त्यो उज्यालो प्रकाश कति चम्किलो छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

स्मार्टफोनबाट निस्कने प्रकाशभन्दा सूर्यको किरण १ हजार गुणा बढी उज्यालो हुन्छ र सामान्य कोठाको प्रकाश १० गुणा बढी उज्यालो हुन्छ। त्यसैले राति कोठाको उज्यालो बत्ती निभाउनु भयो भने सजिलै निद्रा लाग्छ।

प्रोफेसर पियर्सनले स्मार्टफोनको निलो प्रकाशले निद्रामा असर पार्ने तर प्रभाव भने निकै सूक्ष्म रहेको बताए । उज्यालो स्क्रिन भएको स्मार्टफोनलाई घण्टौंसम्म प्रयोग गर्दा र निद्रामा पहिलेदेखि नै समस्या आइरहँदा प्रभाव बढ्छ।

हार्वर्ड युनिभर्सिटीको अध्ययनले चार घण्टा लगातार ई रिडर पढ्नेको पनि निद्रामा केही असर नपर्ने देखाएको छ। सबैजना औसत १० मिनेट ढिलो सुत्न गए।

विज्ञहरूका अनुसार मोबाइल, ल्यापटप र टेलिभिजनको उज्यालो पर्दामा दृष्टी टिकाउने समय घटाएर, पर्दाको चहक मध्यम पारेर प्रयोग गर्दा अनावश्यकरूपमा महँगा ब्लु रे फिल्टर चश्मा खरिद नगरी निद्रामा गडबड हुनबाट जोगिएर राम्रो नतिजा ल्याउन सकिन्छ। श्रोतः द गार्जियन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS