IME Life New

मेट लाइफले बढायो नाफा, जीवन बीमा कोष रु. २६.६६ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४.२९ प्रतिशतले वृद्धि भएको छ।

Esewa
Crest

कम्पनीको महाविपत्ति कोषमा ५० करोड ४९ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ४० करोड ५० लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब ९५ करोड रुपैयाँ थियो। गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको जीवन बीमा कोषको आकार ११.३१ प्रतिशतले वृद्धि भएर २६ अर्ब ६६ करोड पुगेको छ।

चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३६ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ५.५२ प्रतिशतले वृद्धि भएको हो। कम्पनीले पुनर्बीमामार्फत ६ करोड ५२ लाख रुपैयाँ खर्चिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३ लाख रुपैयाँ पुनर्बीमामार्फत खर्चिएको थियो।

कम्पनीले यस अवधिमा १ अर्ब ३७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। गत वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ४.५९ प्रतिशतले वृद्धि भएको हो।

समिक्षा अवधिमा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड २६ लाख रुपैयाँ खर्चिएको थियो।

कम्पनीले बीमा पोलिसी धितोमा राखी १ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ६२ करोड कर्जा प्रवाह गरेको थियो। समिक्षा अवधिमा पोलिसी धितो राखी कम्पनीले प्रवाह गरेको कर्जा ८.८४ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS