IME Life
GBIME

नेपाल लाइफको नाफा ३०% ले बढ्यो, जीवन बीमा कोष रु. २ खर्ब ८ अर्ब नाघ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८१ /८२ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ८ अर्ब २० करोड शेयर पूँजी भएको कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २० करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३०.०६ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ७१ करोड १९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा १ खर्ब ७४ अर्ब ३७ करोड रहेको थियो । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १९.५४ प्रतिशतले वृद्धि भएर २ खर्ब ८ अर्ब ४४ करोड पुगेको छ ।

Crest

चालू आर्थिक वर्ष २०८१ /८२ को पहिलो त्रैमाससम्ममा कम्पनीले ११ अर्ब ९६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ९२ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा  कम्पनीको कुल बीमा शुल्क आर्जन ९.५४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले पुनर्बीमा मार्फत १५ करोड ६९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ४१ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा ११ अर्ब ८१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ८२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.१४ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ८७ करोड १२ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ८८ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले बीमा पोलिसी धितोमा राखी ३४ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३१ अर्ब ६७ करोड कर्जा प्रवाह गरेको थियो । समिक्षा अवधिमा पोलिसी धितो राखी कम्पनीले प्रवाह गरेको कर्जा ८.७१ प्रतिशतले वृद्धि भएको हो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १०.०१ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १३१.९९ रुपैयाँ रहेको छ ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS