IME Life New

सर्वाधिक व्यापार गर्नेमा सगरमाथा लुम्बिनी अग्रस्थानमा, वृद्धिदरमा नेपाल इन्स्योरेन्स अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्म निर्जीवन बीमकले ११ अर्ब ३८ करोड रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले चालु आर्थिक वर्षको ३ महिनामा कुल ६ लाख ६८ हजार १४० वटा बीमालेख जारी गर्दै ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको व्यापार ९.०२ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १० वटा कम्पनीको व्यापार बढेको छ भने ४ वटाको घटेको छ। सर्वाधिक व्यापार गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ भने वृद्धिदरका हिसाबले नेपाल इन्स्योरेन्स अगाडि रहेको छ।

समीक्षा अवधिसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार ९ प्रतिशतले बढेको छ।

दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १ अर्ब १७ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो बीमाशुल्क अघिल्लो वर्षको यही अवधिको तुलनामा ९.९९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

व्यापारको हिसाबले शिखर इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब ४ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिसम्म १ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको व्यापार ७.५६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म हिमालयन एभरेष्टले ९१ करोड ८७ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले ९० करोड ९ लाख रुपैयाँ, नेकोले ८९ करोड ७५ लाख रुपैयाँ, ओरिएन्टलले ८३ करोड ७६ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले ७५ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा हिमालयन एभरेष्टको कुल बीमाशुल्क ३.११ प्रतिशतले घट्दा आईजीआई प्रुडेन्सियलको ४.५७ प्रतिशत, नेकोको ६.८० प्रतिशत, ओरिएन्टलको ५९.२८ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ११.३५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म हिमालयन एभरेष्टले ९४ करोड ८३ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले ८६ करोड १५ लाख रुपैयाँ, नेकोले ८४ करोड ३ लाख रुपैयाँ, ओरिएन्टलले ५२ करोड ५९ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले ६७ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

चालु आर्थिक वर्षको असोजसम्म युनाइटेड अजोडले ६८ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स, ६१ करोड ४५ लाख रुपैयाँ, सानिमा जीआईसीले ५८ करोड ८९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५७ करोड ३९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ४७ करोड ७२ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ४१ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म युनाइटेड अजोडले ७० करोड १८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ३७ करोड ५२ लाख रुपैयाँ, सानिमा जीआईसीले ५९ करोड ९४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५५ करोड ४८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५६ करोड ५८ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ३७ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

अघिल्लो वर्षको तुलनामा युनाइटेड अजोडको ३.१० प्रतिशत, सानिमा जीआईसीको १.७५ प्रतिशत र प्रभु इन्स्योरेन्सको १५.६६ प्रतिशतले घटेको छ भने नेपाल इन्स्योरेन्सको ६३.७८ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ३.४४ प्रतिशत र नेसनल इन्स्योरेन्सको १२.२५ प्रतिशतले बढेको छ।

वृद्धिदरका हिसाबले नेपाल इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS