IME Life New

शेयर बजारमा कसरी कारोबार गर्छन् विवेकशील लगानीकर्ता ? कसरी बनाउँछन् लगानी रणनीति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको शेयर बजारमा अहिले ठूलो संख्यामा लगानीकर्ता भित्रिएका छन्। विशेषगरी कोरोनाकालयता शेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको छ।

सीडीएससीको तथ्यांक हेर्ने हो भने सवा ६४ लाख बढी डिम्याट खाता खुलेका छन् भने मेरो शेयर प्रयोगकर्ता पौने ५५ लाख बढी रहेका छन्। हाल पौने ३६ लाख बढी मेरो शेयर प्रयोगकर्ता सक्रिय रहेका छन्।

Esewa
Crest

नेपालको शेयर बजारमा लगानी रणनीति बनाई कारोबार गर्ने धेरै लगानीकर्ता छन्। उनीहरुले कसैले भन्दिएको वा अरुको पछि लागेर लगानी गरिरहेका हुन्छन्। त्यसैले बजारको चाल बुझ्न नसक्दा लगानीकर्ताको लगानी जोखिममा पर्ने सम्भावना हुन्छन्।

नेपाल स्टक एक्सचेन्जले विश्व लगानीकर्ता सप्ताह–२०२४ का अवसरमा विवेकशील लगानीकर्ताको बजार रणनीतिबारे एउटा जानकारीमूलक सूचना जारी गरेको छ। जसमा विवेकशील लगानीकर्ता बजारमा कसरी कारोबार गर्छन् भन्ने कुरा प्रस्टसँग खुलाइएको छ।

विवेकशील लगानीकर्ताले वर्तमान द्रुत गतिको लगानी वातावरणमा पनि लगानी निर्णय गर्दा पर्याप्त समय लिएर आवश्यक सूचना संकलन गर्छन्। विवेकशील लगानीकर्ताले लगानीमा डिजिटल उपकरणहरुको कसरी प्रयोग गर्ने भन्ने कुरा बुझेका हुन्छन्। ती उपकरणले सम्भावित हानि नोक्सानी वा धोखाधडीलाई रोक्न सक्दैनन् भन्ने थाहा पाएका हुन्छन्। प्रत्येक लगानीको अवसरबारे नियमित रुपमा स्वतन्त्र र गहिरो अनुसन्धान गर्छन्।

यसैगरी विवेकशील लगानीकर्ताले अनलाइनमार्फत आउने जानकारी आधिकारिक र विश्वसनीय हो कि होइन छुट्याउन सक्छन्। विवेकशील लगानीकर्ताले कथित विश्लेषक (फिनफ्लुएन्सर)हरुको आफ्नै स्वार्थ हुन्छ, उनीहरुले पैसा लिएर लगानीका अवसरहरुबारे बोलिरहेका हुन सक्छन् भन्ने कुरा बुझेका हुन्छन्।

सोसल मिडियाका फिनफ्लुएन्सरहरुले उसलाई पछ्याउने सबैको व्यक्तिगत परिस्थिति थाहा पाउँदैन, त्यसैले उसका सिफारिसहरु आफूलाई अनुकूलन हुनसक्छ भन्ने कुरा विवेकशील लगानीकर्ताले बुझेका हुन्छन्। विवेकशील लगानीकर्ता एआई, गेमिफिकेसन, मेटाभर्सलगायतका नयाँ प्रविधिले लगानी गर्ने नयाँ तरिका दिन्छन् तर आफ्नै मनोवैज्ञानिक तथा अन्य व्यवहारगत पूर्वाग्रहका कारण लगानीबाट सोचेजस्तो नतिजा नआउन पनि सक्छ भन्ने कुरामा सचेत हुन्छन्।

विवेकशील लगानीकर्ताले ठूला लगानीकर्ता वा अनुभवी लगानीकर्ताले गर्ने कारोबारको नक्कल गर्दा सावधानी अपनाउँछन्। उसको जोखिम बहन गर्ने क्षमता, अनुभव र स्रोत अनुसार बनाएको लगानी रणनीति आफ्ना लागि मिल्छ कि मिल्दैन थाहा पाउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS