IME Life New

उड्ययन प्राधिकरणले हेलिकप्टर उडानमा लगाएको रोक हटायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले वर्षा माैसममा हेलिकप्टरका लागि उडानमा लगाएको रोक हटाएको छ। वर्षा माैसममा हेलिकप्टर उडान असुरक्षित हुने कारण जनाउँदै प्राधिकरणले उडान सेवामा रोक लगाएको थियो।

प्राधिकरणका अनुसार नेपालबाट यसवर्षको मनसुन बाहिरि सकेकाले उडान सुरक्षाका हिसाबले हेलिकप्टर उडानमा लगाइएको रोक हटाइएको हो।

Esewa
Crest

अब हेलिकप्टर उडान सेवा प्रदायक कम्पनीले नियमित उडानका अतिरिक्त माउण्टेन फ्लाइट, स्लिङ फ्लाइ र पुष्प वर्षाका लागि समेत उडान भर्न पाउनेछन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले नियमित मालबाहक उडान, यात्रु उडान र काठमाडाैं उपत्यकाभित्रको उडानका लागि सिधै इजाजत दिनेछ। नुवाकोटको सूर्य चाैरमा गत २३ साउनमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेपछि सुरक्षाको कारण जनाउँदै प्राधिकरणले उडानमा रोक लगाएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS