GBIME
IME Life

वैदेशिक रोजगारीको इजाजत लिने बढे, बाहिरिनेमध्ये ७०% दक्ष कामदार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ लाख ७० हजारभन्दा बढीले वैदेशिक रोजगारका लागि श्रम इजाजत लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि असोज मसान्तसम्मको तीन महिनाको अवधिमा महिला र पुरुषसमेत गरी कुल १ लाख ७० हजार ५९३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

श्रम स्वीकृति लिनेमध्ये १ लाख ४९ हजार ६४३ पुरुष र २० हजार ९५० महिला छन्। वैदेशिक रोजगार विभागले तीन महिनाको अवधिमा श्रम स्वीकृति जारी गरेकोमध्ये पुरुष श्रमिकको हिस्सा ८७.७१ प्रतिशत छ।

SKYWELL
Crest

विभागका अनुसार चालू आव २०८१।८२ को पहिलो त्रैमासमा श्रम स्वीकृति लिनेको संख्या गत आर्थिक वर्ष २०८०।८१ को पहिलो त्रैमासको तुलनामा ४.८ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको असोजसम्ममा जम्मा १ लाख ६२ हजार ६९४ जनाले श्रम स्वीकृति लिएका थिए।

श्रमिकको संख्या गत आर्थिक वर्षको साउन र भदौको तुलनामा चालु आर्थिक वर्षको सोही महिनाहरुमा श्रम स्वीकृति लिनेको संख्या बढे पनि असोज महिनामा गिरावट देखिएको छ। विभागका अनुसार गत वर्ष असोजमा कुल ५६ हजार २३५ जनाले श्रम स्वीकृति लिएका थिए। चालु आर्थिक वर्षको असोज महिनामा ५३ हजार ५२५ जनाले स्वीकृति लिएका छन्।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या बढ्दा जीवन बीमकको व्यापार पनि बढेको छ। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि बाहिरिनेका लागि वैदेशिक रोजगारी म्यादी बीमा अनिवार्य गरिएको छ। त्यसैले रोजगारीका लागि विदेशिनेले जीवन बीमकमार्फत म्यादी बीमा गराउनुपर्छ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS