IME Life New

वैदेशिक रोजगारीको इजाजत लिने बढे, बाहिरिनेमध्ये ७०% दक्ष कामदार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ लाख ७० हजारभन्दा बढीले वैदेशिक रोजगारका लागि श्रम इजाजत लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि असोज मसान्तसम्मको तीन महिनाको अवधिमा महिला र पुरुषसमेत गरी कुल १ लाख ७० हजार ५९३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

श्रम स्वीकृति लिनेमध्ये १ लाख ४९ हजार ६४३ पुरुष र २० हजार ९५० महिला छन्। वैदेशिक रोजगार विभागले तीन महिनाको अवधिमा श्रम स्वीकृति जारी गरेकोमध्ये पुरुष श्रमिकको हिस्सा ८७.७१ प्रतिशत छ।

Esewa
Crest

विभागका अनुसार चालू आव २०८१।८२ को पहिलो त्रैमासमा श्रम स्वीकृति लिनेको संख्या गत आर्थिक वर्ष २०८०।८१ को पहिलो त्रैमासको तुलनामा ४.८ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको असोजसम्ममा जम्मा १ लाख ६२ हजार ६९४ जनाले श्रम स्वीकृति लिएका थिए।

श्रमिकको संख्या गत आर्थिक वर्षको साउन र भदौको तुलनामा चालु आर्थिक वर्षको सोही महिनाहरुमा श्रम स्वीकृति लिनेको संख्या बढे पनि असोज महिनामा गिरावट देखिएको छ। विभागका अनुसार गत वर्ष असोजमा कुल ५६ हजार २३५ जनाले श्रम स्वीकृति लिएका थिए। चालु आर्थिक वर्षको असोज महिनामा ५३ हजार ५२५ जनाले स्वीकृति लिएका छन्।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या बढ्दा जीवन बीमकको व्यापार पनि बढेको छ। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि बाहिरिनेका लागि वैदेशिक रोजगारी म्यादी बीमा अनिवार्य गरिएको छ। त्यसैले रोजगारीका लागि विदेशिनेले जीवन बीमकमार्फत म्यादी बीमा गराउनुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS