IME Life New

शिवम् होल्डिङ्ग्सले पारित गर्यो रु. ११ करोड ६० लाख नगद लाभांस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत शेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङग्स लिमिटेडले आज असोज ३० गते आर्थिक वर्ष २०८०।८१ को बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

शिवम् होल्डिङ्ग्सका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको वार्षिक साधारणसभाले कम्पनीमा हाल कायम शेयरधनीहरुलाई ११ करोड ६० लाख नगद लाभाँस वितरण गर्ने प्रस्ताव र आव २०८०।८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गर्दै कम्पनीको आव २०८१।८२ को लेखापरक्षीण गर्न लेखापरक्षिकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरु माथि छलफल गरी साधारणसभाबाट सर्वसम्मत रुपमा पारित गरेको छ।

Esewa
Crest

शिवम् होल्डिङ्ग्सले नेपालकै सबैभन्दा ठूलो उत्पादन क्षमता भएको चिनियाँ विदेशी लगानीसमेतबाट स्थापना भई पूर्ण क्षमतामा सञ्चालनमा रहेको होङ्शी शिवम् सिमेन्टको उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ । उक्त उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जलविद्युत परियोजनाहरुमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधिकरणका योजनाहरु अगाडि बढाइएको छ ।

त्यसैगरी शिवम् होल्डिङ्ग्सले जारी पुँजीको २० प्रतिशत बराबर हुन आउने शेयरहरु सर्व साधारणहरुलाई नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन दर्ता गरिसकेको छ । धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएपश्चात नियमानुसार सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत संकलन हुने रकम समेतबाट मुनाफा आर्जन हुने थप अन्य परियोजनाहरुमा समेत लगानी गर्ने विषयमा कम्पनी सञ्चालक समिति र व्यवस्थापन पक्ष लागिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS