IME Life New

दशैंको दक्षिणाले बीमा पोलिसी खरिद गर्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालीको महान चाड दसैँ र तिहार हो। दसैँमा सबै मानिसले नयाँ लुगा, खानेकुरा, नुनदेखि सुनसम्म किन्ने गरेको पाइन्छ। यस समयमा मानिसले विलासी वस्तुहरुमा पैसा खर्चिने गर्दछन्। तर, त्यस रकमलाई चाहिँदो मात्रमा प्रयोग गरेर जोगाएर यही रकमलाई बचतमा लगानी गरी बीमा योजना खरिद गर्न सकिन्छ। तर, जीवन बीमा गर्ने भनेरमात्रै हुँदैन। आफ्नो आय क्षमता, दैनिक रुपमा आइपर्ने खर्चको संयोजन मिलाएर बीमा गरेमा मात्रै भविष्यमा नियमित बीमाशुल्क भुक्तानी गर्न सकिने गरी जीवन बीमा गर्नुपर्दछ। दसैँमा हुने अतिरिक्त आयलाई बीमाका रुपमा उपयोग गर्न सकिने हुँदा यसबारे समेत हिसाब–किताब गरेर बीमा गर्नु भोलिका लागि उपयुक्त हुन्छ।

बीमा बचतपछिको रकम जगेरर्ना गरेपश्चात भविष्यको जोखिम न्यूनीकरणको एउटा पाटो हो भने नियमित बीमाशुल्क भुक्तानी गर्न सक्ने हुनु अर्को पाटो हो। व्यक्तिको आम्दानी कति छ, उसको खर्च त्यसपछि बचतको बाटो खुला हुने हो। यदि खर्च र बचत गर्न नै धौधौ छ भने बीमालाई उसले अवलम्बन गर्न सक्दैन। त्यसैले बीमा गर्दा बीमितको आयस्रोतलाई समेत ध्यान दिनुपर्दछ।

Esewa
Crest

कसरी छनोट गर्ने जीवन बीमा पोलिसी ?

बीमा पोलिसी खरिद गर्नका लागि बीमा कम्पनीहरुको बीमा पोलिसी र कम्पनीका बारेमा ज्ञान हुनुपर्दछ। बीमा पोलिसी बच्चा जन्मेकै दिनदेखि ६५ वर्ष मुनिका सबै मानिसको गर्न सकिन्छ। प्रत्येक जीवन बीमा कम्पनीहरुले आफ्नो बीमा पोलिसीका बारेमा विस्तृत जानकारी आफनो वेबसाइटमा राखेका हुन्छन्। यसका अलवा अभिकर्तामार्फत वा सीधै आफैँ बीमा कम्पनीको कार्यालयमा गएरसमेत जीवन बीमा पोलिसीका बारेमा जानकारी लिन सकिन्छ।

कम्पनीहरुले उमेर हद पनि तोकेको हुन्छन्। प्रत्येक बीमालेखमा रक्षारण हुने र नहुने कुरा पनि स्पष्ट रुपमा राखिदिएको हुन्छ। त्यसैले आफूले छनोट गर्न लागेको बीमा पोलिसीका बारेमा गहन अध्ययन गर्नु जरुरी छ। जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पुँजी निर्माण, करमा छुटजस्ता महत्वपूर्ण फाइदाहरु प्रदान गर्छ। जीवन बीमामा आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा, एन्युटी बीमा रहेको हुन्छ।

आर्थिक क्षमताका बारेमा बुझ्नु जरुरी

बीमा भन्नेबित्तिकै आर्थिक सुरक्षणको एक माध्यम भन्ने बुझिन्छ। बीमा गर्दा आफ्नो आय स्रोत, महिनामा कति आम्दानी हुने र आफूले कति किस्ता रकम तिर्न सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्नुपर्छ। कम रकमको बीमा गरियो भने बीमा गर्नुको उद्देश्य पूरा हँुदैन। बढी रकमको बीमा गरियो भने आर्थिक क्षमताले नभ्याएर बीमाको किस्ता तिर्न हम्मेहम्मे पर्छ। तसर्थ, बीमा छनोट गर्नुभन्दा पहिले बीमा लिन चाहने व्यक्तिले आफ्नो आर्थिक क्षमताको विश्लेषण अनिवार्य गर्नुपर्छ।

बीमा पोलिसीको छनोट

नेपाली बीमा बजारमा थरि–थरिका बीमा पोलिसी छन्। नगद उपलब्धताका आधारमा बीमा पोलिसी छनोट गर्न सकिन्छ। यदि कसैको आम्दानी निश्चित छैन भने अग्रिम भुक्तानी बीमालेख लिनु उपयुक्त हुन्छ। अग्रिम भुक्तानी बीमालेख भनेको बीमा परिपक्व हुनुभन्दा पहिले बीमा रकमको केही अंश बीमा कम्पनीले बीमितलाई फिर्ता गर्ने बीमा योजना हो।

बजारमा बीमा रकमको केही अंश आवधिक रुपमा फिर्ता गर्नेदेखि वार्षिक फिर्ता गर्ने बीमालेख छन्। आफूलाई कुन पोलिसी किन्दा राम्रो हुन्छ ? भविष्यमा कुन पोलिसीले राम्रो रिक्स कभर गर्छ ? कुन पोलिसी कति वर्षको पोलिसी आफूले लिँदा बीमा किस्ता तिर्न सकिन्छलगायतका कुराहरु बुझेरमात्रै पोलिसी लिनु उपयुक्त हुन्छ।

बजारमा धेरै थरिका बीमालेख छन्। कसैसँग एकमुष्ट ठूलो रकम छ र वार्षिक रुपमा बीमा नवीकरण गर्ने झन्झट लिन चाहँदैन भने त्यस्तो व्यक्तिका लागि एकल बीमाशुल्क भुक्तानी हुने बीमालेख उपयुक्त हुन्छ। यसरी कुनै पनि बीमा लिन चाहने व्यक्तिले आफ्नो परिवारिक उत्तरदायित्व आधारमा आर्थिक क्षमताका आधारमा बीमा गर्नुपर्छ।

बोनसदरका आधारमा

जीवन बीमा कम्पनीहरुले बीमितहरुलाई दिने प्रतिफल बोनसदर हो। कम्पनीहरुले वार्षिक प्रतिहजारका दरले बोनस वितरण गर्दछन्। कम्पनीहरुले नाफाका आधारमा बोनसदर घोषणा गर्छन्। कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गरिन्छ। यस्तो बोनसदर कम्पनीहरुले आर्थिक बर्ष सकिएपछि वार्षिक रुपमा घोषणा गर्दछन्। त्यसैले जीवन बीमामा बोनस दर निकै महत्वपूर्ण मानिन्छ।

कम्पनीको वित्तीय अवस्था र व्यवस्थापकीय अवस्थाका आधारमा बोनसदर निर्धारण हुन्छ। बोनसदरका आधारमा नै बीमितले आफनो बीमा योजना समाप्त भएपछि पाउने रकम निर्धारण हुन्छ।

निम्न आय भएकाहरुका लागि लघुबीमा उपयुक्त

ग्रामीण क्षेत्रमा बसोबास गर्ने बीमाको दायराले समावेश गर्न नसकेका, न्यून आय भई जीविकोपार्जन गर्ने समुदायको दैनिक जीवनमा आइपर्न सक्ने सम्भावित जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले लघु बीमा कम्पनीहरु सञ्चानमा आएका छन्। नेपाल बीमा प्राधिकरणले विशेषगरी ग्रामीण क्षेत्रका जनताले पनि बीमाको सुविधा पाउन भन्ने हेतुले लघु बीमा कम्पनी सञ्चालन गरेको हो। लघु बीमा सानो आय आम्दानी भएका मानिसलाई उपयुक्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS