IME Life New

किन घट्दैछ मुद्दति खातामा जम्मा हुने निक्षेप ? यस्ता छन् कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा मुद्दति खातामा जम्मा हुने निक्षेपको अनुपात घट्न थालेको छ। विगतमा उच्च दरमा रहेको ब्याजदर अहिले घटेर एकल अंकमा झर्न थाल्दा मुद्दति खाताबाट रकम बाहिरिन थालेको हो। त्यसैकारण मुद्दति खातामा जम्मा हुने निक्षेपको अनुपात पनि घट्न गएको तथ्यांकले देखाएको छ।

नागरिक तथा बचतकर्ताले बैंकको मुद्दति खातामा बचत गर्नुभन्दा शेयर बजारमा लगानी गर्दा उचित प्रतिफल पाइने अवस्था सिर्जना भएकाले मुद्दति खातामा बचत कम गर्न थालेका छन्। फलस्वरुप बैंक तथा वित्तीय संस्थामा मुद्दति खातामा निक्षेप जम्मा हुने क्रम तथा जम्मा भएको निक्षेप घट्दो क्रममा रहेको हो।

Esewa
Crest

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ६४ खर्ब ४६ अर्ब ८२ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन्। जसमध्ये ५७.१५ प्रतिशत छ। गत आवको सोही अवधिको तुलनामा यो प्रतिशत ३.७४ प्रतिशतले कम हो।

गत आर्थि वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ५६ खर्ब ११ अर्ब ५९ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेकोमा मुद्दति खातामा मात्रै ६०.८९ प्रतिशत संकलन गरेका थिए।

मुद्दति निक्षेप निश्चित समयावधि तोकेर राखिने र यस्तो खातामा ब्याजदर तुलनात्मक रुपमा बचत खातामा भन्दा बढी भए पनि तोकिएको समय अवधि समाप्त नभएसम्म उक्त रकम भुक्तानी लिन नपाइने भएकाले पछिल्लो समय यस्तो निक्षेपको अनुपात घटेको हो।

चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा बैंकिङ क्षेत्रमा मुद्दति बचत चल्ती र कल डिपोजिटको अनुपात क्रमशः ५७.१५, ३०.१५, ५.१३, र ६.८७ प्रतिशत छ। गत आर्थिक वर्षमा यस्तो अनुपात क्रमश ६०.८९, २६.५५, ५.१० र ६.६० प्रतिशत थियो।

गत साउन मसान्तसम्म बैंकिङ क्षेत्रमा भएको निक्षेपमध्ये वाणिज्य बैंकहरुमा मात्र भएको कुल निक्षेप रकम ५७ खर्ब १८ अर्ब १८ करोड ७० लाख रुपैयाँ छ। यसअन्तर्गत ५६.४१ प्रतिशत मुद्दति खाता, ३०.४२ प्रतिशत बचत खाता, ५.५८ प्रतिशत चल्ती खाता र ६.८२ प्रतिशत कल डिपोजिट अकाउन्ट मार्फत जम्मा भएको रकम छ।

गत आर्थिकको सोही अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ३९ अर्ब ३२ करोड ८० लाख रुपैयाँ रहेकोमा मुद्दति बचत चल्ती र कल डिपोजिटको अनुपात क्रमशः ५९.८६ प्रतिशत, २७.०९, ५.६२ र ६.४९ प्रतिशत थियो।

विकास बैंकहरुले भने चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा कुल ५ खर्ब ९८ अर्ब ७४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेकोमा मुद्दति बचत चल्ती र कल डिपोजिटको अंश क्रमशः ६१.०९, २९.८६, १.६६ र ७.३५ प्रतिशत छ। गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले कुल ५ खर्ब ६१ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गर्दा यस्तो अनुपात क्रमश ६७.६३, २३.५२, १.३७ र ७.४३ प्रतिशत थियो।

फाइनान्स कम्पनीहरुले भने चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा कुल १ खर्ब २९ अर्ब ८९ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरेकोमा मुद्दति बचत चल्ती र कल डिपोजिटको अंश क्रमशः ७१.३५, १९.६८, १.१२ र ६.८८ प्रतिशत छ।

गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुले कुल १ खर्ब १० अर्ब ६७ करोड ८० लाख निक्षेप संकलन गर्दा यस्तो अनुपात क्रमशः ७२.८३, १७.९५, ०.७६ र ७.२३ प्रतिशत थियो।

बचत खाता जनताको आयबाट बचत गर्नको अभिप्रेरित गर्नका लागि सञ्चालनमा आउने र यस्तो खाता थोरै रकमबाट खोल्न सकिने हुँदा यस्तो खातामा पछिल्लो समय आकर्षण बढेको देखिन्छ।

चल्ती खातामा जति रकम पनि राख्न र झिक्न सकिने र यस्तो खातामा ग्राहकले आफ्नो इच्छानुसार बैंक खुलेको समयमा रकम राख्न र झिक्न सक्ने हुन्छ। चल्ती खाता र बचत खाता दुवैका विशेषतासहित खोलिएको खाता कल डिपोजिट खाता हो। यो खातामा बचत खाताको जस्तै ब्याज पाइन्छ। जुन बचत खाताको भन्दा सामान्यतया बढी हुन्छ। अर्कोतर्फ आवश्यकताबमोजिम जतिबेला पनि कार्यालय समयमा रकम झिक्न सकिन्छ। त्यसैकारण यी दुई खातामा गत अबको तुलनामा चालु आर्थिक वर्षमा सामान्य रुपमा वृद्धि भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS