IME Life New

‘हवाई सुरक्षा मापदण्डको पूर्ण पालनामा सबै पक्ष जिम्मेवार बन्नुपर्छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा हवाई दुर्घटनाका पछाडी लापरवाही रहेको भन्दै वैश्विक पुनर्बीमकले हवाई सुरक्षा मापदण्डको पूर्ण पालनामा सबै पक्ष गम्भीरतापूर्वक जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले प्रुडेण्ट इन्स्योरेन्स ब्रोकरको सहयोगमा सोमबार आयोजना गरेको उड्ययन सुरक्षा सम्बन्धित सम्मेलनमा सहभागि उड्ययन सुरक्षा विज्ञ र पुनर्बीमा विज्ञहरूले पछिल्लो समयमा नेपालमा बढ्दो दुर्घटनाका पछाडी सुरक्षा मापदण्डको पालनामा मानवीय त्रुटी र लापरवाहीको नतिजा भएको औंल्याए।

Esewa
Crest

लोड्यस अण्डरराइटर एक्जा एक्एसलका अण्डरराइटर एन्थोनी फ्रान्केलले भने, १८ महिनामा ६ वटा हेलिकप्टर र २ वटा जहाज दुर्घटना नेपालमा मात्रै हुन्छ, अन्यत्र हुँदैन । उनले उड्ययन सुरक्षामा लापरवाहीका कारण बढ्दो असुरक्षित उड्ययन सेवाले नेपालको हवाई बीमा महँगो हुने भन्दै चिन्ता व्यक्त गरे ।

उनले बीमाशुल्क आम्दानीको तुलनामा दुर्घटनाको क्षति उच्च हुँदै गएको अवस्थामा पुनर्बीमा समर्थनमा चुनौती हुन सक्ने तर्फ संकेत गर्दै भने, के तपाइ नेपालीका लागि अमेरिकीले बीमाशुल्क तिरि देउन् भन्ठानु हुन्छ ?

पहिले मलाइ साथीभाइहरूले सोध्थे म सुझाव दिन्थे कुन अपरेटर (वायूसेवा) मा चढ्ने भनेर, नेपालमा बढ्दो हवाई दुर्घटनालाई इंगित गर्दै फ्रान्केलले भने, तर अचेल म सुझाव दिन सक्ने अवस्थामा छैन कि नेपालमा कुन अपरेटर सुरक्षित छ भनेर किनकी यहाँ कुनै पनि समयमा कुनै पनि अपरेटरको जहाज दुर्घटनामा पर्न सक्छ।

उनले सुरक्षा मापदण्डको पूर्ण पालना गरेको अवस्थामा जस्तो सुकै जोखिमपूर्ण विमानस्थलमा पनि उड्ययन सेवा सुरक्षित हुन सक्ने बताए । उनले भने, यहाँ लुक्ला एकदमै जोखिमपूर्ण विमानस्थल हो भन्छन्, तर संसारमा यो भन्दा पनि डरलाग्दा विमानस्थलहरू छन् । तर त्यहाँ उडान सुरक्षाका प्रत्येक मापदण्डको पूर्ण पालना गरिन्छ र सुरक्षित उडान भरिन्छ।

नागरिक उड्ययन प्राधिकरणको नियमन र कारवाही प्रति असन्तुष्टी व्यक्त गर्दै उनले भने, नियामकले गल्ती गर्नेलाई तत्कालै तिमी लाइसेन्स बुझाउ, अर्को कुनै जागिर गर कहिले भन्ने रु यहाँ गल्ती गरेपनि पाइलटलाई देउताभन्दा माथिको स्थान दिइएको छ, जुन गलत हो।

उनले जहाज दुर्घटना परेपछि कारण पत्ता लगाएर पुनः दुर्घटना दोहोरिन नदिनुभन्दा अर्को बीमा कम्पनी खोज्ने काम तिर लाग्छन् भन्दै असन्तुष्टी व्यक्त गरे। उनले भने,अपरेटहरू दुर्घटना निम्त्याउनेलाई कहिल्यै जिम्मेवार बनाउने काम गर्दैनन् ।

उड्ययन सुरक्षा विज्ञ डा. नरेन्द्र तनिजाले विमान दुर्घटनाका पछाडी मानवीय त्रुटी प्रमुख चुनौतीका रूपमा देखिंदै आएको तथ्यांक प्रस्तुत गरेका थिए । झण्डै पचास प्रतिशत हवाई दुर्घटना मानवीय त्रुटीका कारण हुने गरेको छ। विगतका दुर्घटनाको सुक्ष्म विश्लेषणका माध्यमबाट मानवीय त्रुटीको पहिचान र कारण पत्ता लगाउने र भविष्यमा दोहोरिन नदिने सामूहिक र निरन्तर प्रयास गरिनुपर्छ। मानवीय त्रुटीका कारण हवाई दुर्घटनामा उल्लेख्य ह्रास भएपनि सुधारको प्रयास भई रहनुपर्ने धारणा व्यक्त गरे ।

अन्तर्राष्ट्रिय हवाइ यातायात संगठनका अनुसार सन् २००५ मा प्रति दश लाख उडानमा ०.६९ प्रतिशत दुर्घटनाको जोखिम रहेकोमा सन् २०२३ मा यो प्रति दश लाख उडानमा  ०.०३ प्रतिशतमा सीमित हुन पुगेको छ। अर्थात जोखिमको यो प्रतिशतका आधारमा गणना गर्दा कुनै यात्रु दैनिक जहाजमा यात्रा गर्दै १ लाख ३ हजार २३९ वर्षसम्म यात्रा गर्यो भने बल्ल दुर्घटनाको जोखिममा पर्ने अवस्थालाई जनाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS