GBIME
IME Life

हालसम्म ४६ कम्पनीले घोषणा गरे लाभांश, कुनले कति दिए शेयरधनीलाई प्रतिफल ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं । लाभांशको सिजन शुरु भएसँगै धमाधम कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरिरहेका छन् । आर्थिक वर्ष २०८०/८१ को लागि हालसम्म ४६ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमध्ये ४ वटा हाइड्रोपावर कम्पनी, १ वटा वाणिज्य बैंक र २३ वटा म्युचुअल फण्ड छन् । १ वटा माइक्रो फाइनान्स, १ विकास बैंक, १ होटल, २ इन्भेष्टमेन्ट कम्पनी, ६ वटा नन क्याटागोरी कम्पनी ५ वटा मर्चेन्ट बैंक, १ जीवन बीमा कम्पनी र उत्पादनमुलक एण्ड प्रशोधन कम्पनी १ छन् ।

म्युचुअल फन्ड
आर्थिक वर्ष २०८०र८१ का लागि हालसम्म २१ वटा म्युचुअल फन्डले आफ्ना इकाइधनीलाई दिने प्रतिफल घोषणा गरेका छन् । यस वर्ष लाभांश घोषणा गर्नेमा म्युचुअल फन्ड अगाडि देखिएका छन् । म्युचुअल फन्ड खुलामुखी र बन्दमुखी गरी दुई प्रकारका हुन्छन् । खुलामुखी म्युचुअल फन्ड नेप्सेमा कारोबार हुँदैन। बन्दमुखी म्युचुअल फन्ड मात्रै नेप्सेमा कारोबार हुन्छ।

SKYWELL
Crest

हालसम्म एनआईसी एशिया बैंक क्यापिटलका ५ वटा, सानिमा बैंक क्यापिटलका ३ वटा र सिद्धार्थ बैंक क्यापिटलको १ वटा, कुमारी बैंक क्यापिटलका ३ वटा योजना, लक्ष्मी सनराइज बैंक क्यापिटलका ५ वटा, आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका २ वटा र एनआइएमबि एस क्यापिटलको १ वटा म्युचुअल फन्ड, ग्लोबल आइएमई बैंक क्यापिटलको १ वटा, नबिल बैंक क्यापिटलको २ वटा गरी कुल २३ वटा म्युचुअल फन्डले प्रतिफल घोषणा गरेका छन् ।

सानिमा इक्विटी फन्डले आफ्ना इकाइधनीलाई १५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । सानिमा ग्रोथ फन्डले १० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । सानिमा लार्ज क्याप फन्डले पनि १० प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ ।

त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथले आफ्ना इकाइधनीलाई ७ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । कुमारी धनवृद्धि योजनाले आफ्ना इकाइधनीलाई ९.५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। कुमारी इक्विटी फण्डले पनि ९.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ। कुमारी सुनौलो योजना (खुलामुखी) ले पनि इकाइधनीलाई १०.५ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ।

त्यसैगरी सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फन्डले १२.५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फन्ड–२ ले ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् । शुभ लक्ष्मी कोष (खुलामुखी) ले इकाइधनीलाई ७.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यता एनआइसी एशिया ब्यालेन्स्ड फन्डले ९.२५ प्रतिशत, एनआइसी एशिया ग्रोथ फन्डले ९.५ प्रतिशत, एनआइसी एशिया डाइनामिक डेप्ट फन्डले १० प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्याप फन्डले १०.५ प्रतिशत र एनआइसी एशिया सेलेक्ट ३० फन्डले १४ प्रतिशत प्रतिफल वितरण गर्ने भएका छन्।

एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापनमा एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डल कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यता आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।

आरविवि म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई करसहित ३ दशलमव ८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई करसहित ८ दशलमव ७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

आर्थिक वर्ष २०८०।८१ का लागि नबिल ब्यालेन्स्ड फन्ड–२ को ८ प्रतिशत र फलेक्सी क्याप फन्डका लागि ५ प्रतिशत करसहित नगद प्रतिफल दिने निर्णय गरिएको छ। ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ ले ५ प्रतिशत लाभांश दिने भएको छ ।

हाइड्रोपावर कम्पनी
हालसम्म नेप्से सूचिकृत कम्पनीहरुमध्ये चार हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् । हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरुमा सुपरमाई हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनी, माण्डु हाइड्रोपावर कम्पनी र भगवती हाइड्रोपावर कम्पनी हुन् ।

माण्डु हाइड्रोपावरले आर्थिक वर्ष २०८०।८१ का लागि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरिसकेको छ ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८०।८१ को खुद मुनाफा र सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ४ प्रतिशतले हुन आउने २ करोड २८ लाख ८२ हजार ६०० रुपैयाँबराबर बोनस शेयर र करसहित १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँबराबरको नगद लाभांश छ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई ९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यता, सुपरमाई हाईड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट आफ्ना शेयरधनीलाई ७ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनसहित ५ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभाशं घोषणा गरेको छ । जसमा ७ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभाशं घोषणा गरेको हो ।
एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०।८१ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा १० प्रतिशत बोनस शेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश रहेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको १४ दशलमव २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

ओरिएन्टल्स होटलले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनश शेयर र ० दशलमव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सीएचडीसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ११ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । हाथवे इन्भेष्टमेन्ट कम्पनीले १० प्रतिशत बोनश शेयर र ० दशलमव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सानिमा रिलायन्स लाइफले गत वर्षको मुनाफाबाट १८ दशलमव ३८११ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ । नेपाल ल्युब ओयलले २० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश दिने भएको छ ।

त्यसैगरी सिटिजन्स क्यापिटलले १५ दशलमव ५ प्रतिशत, मुक्तिनाथ क्यापिटलले ७ दशलमव ५ प्रतिशत, आरबीबी मर्चेन्ट बैंकिङले १८ प्रतिशत, सिद्धार्थ क्यापिटलले २५ प्रतिशत र एनआइसी एशिया क्यापिटलले ५२ दशलमव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् ।

यता, आशुतोष इनर्जीले ५ दशलमव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । इम्पेरियल सेक्यिुरिटिजले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । सीबीआइएल सेक्यिुरिटिजले ५ दशलमव २६ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युटले १४ दशलमव ७४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुर्वाअञ्चल ल्युब ओयलले १० दशलमव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्नेछ भने नबिल स्टक डिलरले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS