IME Life New

आईपीओको तयारीमा रहेको नेपाल माइक्रोले पायो केयर एनपि डब्बल बी माइनस रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधारण शेयर निष्काशनको घोषणा गरेको लघु बीमा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्सले (आईपीओ) निष्काशन प्रयोजनका लागि रेटिङ पाएको छ। रेटिङ एजेन्सी केयर रेटिङ नेपालले डब्बल बी माइनस रेटिङ प्रदान गरेको छ।

यस्तो रेटिङ प्राप्त कम्पनीको पूर्व निर्धारित वित्तीय दायीत्व भाकाभित्रै चुक्ता गर्न सक्ने क्षमतामा मध्यमस्तरको जोखिम समाहित हुन्छ।

Esewa
Crest

इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशत साधारण शेयर निष्काशन प्रयोजनका लागि रेटिङ गराएको हो । कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यसको हाल चुक्ता पूँजी ५२ करोड ५० लाख रूपैयाँ रहेको छ। साधारण शेयर जारी गरेपछि चुक्ता पूँजी ७५ करोड रूपैयाँ कायम हुनेछ।

इन्स्योरेन्सले २०८०।८१ को साउन १ गतेदेखि लघु बीमा कारोबार शुरू गरेको हो । प्रारम्भिक अवस्थामा उच्च व्यवस्थापन खर्च र जोखिमाङ्कन घाटाका कारण कारोबार घाटा भएपनि पूँजी लगानीवापत प्राप्त प्रतिफलका कारण नाफा कमाउन सफल भएको छ। जोखिमाङ्कन घाटा भएपनि लगानीवापतको प्रतिफलका कारण गत आवमा यो बीमकले २९ लाख ५० हजार रूपैयाँ नाफा आर्जन गरेको छ। ७५ करोड जारी पूँजी रहेको यो कम्पनीले कुल ४८ करोड ४० लाख रूपैयाँ लगानी गरेको छ।

इन्स्योरेन्सले निकट भविष्यमा गर्न सक्ने कारोबारमा विविधिकरण सहितको आकार विस्तार र गुणस्तरिय लगानीको अवस्थाले रेटिङलाई प्रभावित पार्नेछ। न्यूनत्तम नियामकीय पूँजी, सोल्भेन्सी अनुपातले पनि रेटिङ पुनर्विचारका क्रममा प्रभाव पार्ने केयर रेटिङले विज्ञप्तीमा उल्लेख गरेको छ।

हाल ४ लघु बीमकसमेत कुल १८ वटा निर्जीवन बीमक कम्पनी रहेको नेपालको बीमा बजारमा शीर्ष ५ बीमकले नै कुल ५३ प्रतिशत बजार हिस्सा ओगटेका छन् । यस्तो अवस्थामा बजार बिस्तार यो बीमकका लागि चुनाैतीपूर्ण हुन सक्ने टिप्पणी रेटिङ एजेन्सीले गरेको छ।

यो बीमकले गत आर्थिक वर्षमा खुद बीमाशुल्कवापत १० करोड ३० लाख रूपैयाँ आर्जन गरेको थियो। योमध्ये ९४ प्रतिशत आम्दानी मोटर बीमावापत प्राप्त गरेको छ। बाँकी ६ प्रतिशत सम्पत्ती, सामुद्रिक र विविध बीमाबाट आर्जन गरेको केयर रेटिङले उल्लेख गरेको छ।

सीमान्तकृत वर्गमा लघु बीमाको पहुँचका लागि बीमकको इजाजत पाएको यो बीमकले प्रधान कार्यालयसमेत १० वटा शाखा र २ वटा उपशाखा सञ्चालनमा ल्याएको छ।यसबाहेक गत असार मसान्तसम्ममा १७ वटा अभिकर्ता अभिकर्ता नियुक्त गरेको छ। यसको शाखा कार्यालयहरू सात मध्ये पाँच वटा प्रदेशमा छरिएर रहेका छन्। लघु बीमा व्यवसायका लागि बैंक, वित्तीय संस्था, विद्यालय, गाडी बिक्रेता, स्वास्थ्य संस्था र सहकारी संस्था समेत १८ वटा संस्थासँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS