IME Life New

बढ्दो गतिमा एनएमबि बैंकको खराब कर्जा, असुलीमा समस्या चुलिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्ष सुनिल केसीको नेतृत्वमा रहेको एनएमबी बैंकले ऋण असुली गर्न नसक्दा समस्या भोगिरहेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ऋण असुली सुधार्न नसक्दा बैंकको खराब कर्जा झनै बढेको छ।

गत आर्थिक वर्ष २०८०।८१को असार मसान्तमा बैंकको खराब कर्जा ३.२७ प्रतिशत बढेको छ। अर्थात एनएमबी बैंकले विस्तार गरेको कुल कर्जाको ३.२७ प्रतिशत कर्जा नउठ्ने अवस्थामा थुप्रिएको छ। अघिल्लो आवको असारमा बैंकको खराब कर्जा २.७५ प्रतिशतमात्रै थियो। अघिल्लो आर्थिक वर्षो तुलनामा गत आर्थिक वर्षको असारमा बैंकको खराब कर्जा ०.५२ प्रतिशत बढेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खराब कर्जा २.८४ प्रतिशत थियो। त्यसपछि दोस्रो त्रैमासमा २.८६ प्रतिशत, तेस्रोमा २.८६ प्रतिशत र चौथोमा ३.२७ प्रतिशत खराब कर्जा पुगेको हो। बैंकको खराब कर्जा अघिल्लो आर्थिक वर्षदेखि नै बढ्दो क्रममा देखिन्छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १.९० प्रतिशत रहेको खराब कर्जा दोस्रो त्रैमासमा २.२४ प्रतिशत, तेस्रोमा २.९६ प्रतिशत र चौथोमा २.७५ प्रतिशत पुगेको थियो।

Esewa
Crest

बैंकका कर्मचारीहरु अहिले टार्गेट नै लिएर असुलीका लागि गएपनि असुलीमा सुधार हुन नसकेको बताउँछन्। ती कर्मचारीहरुका अनुसार, विगतमा टार्गेटलाई मात्रै हेरेर कर्जा प्रवाह गर्दा अहिले असुली हुन नसकेको हो। खराब कर्जा घटाउनुको साटो झनै बढ्दा बैंकले ठूलो रकम सम्भावित जोखिमका लागि छुट्याउनुपरेको छ। बैंकले १२०.७९ प्रतिशत रकम सम्भावित कर्जा नोक्सानी जोखिमका लागि प्रोभिजनिङ गरेको छ।

बैंकका अनुसार असार मसान्तसम्ममा १ अर्ब ९२ करोड १० लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले २६ करोड ९२ लाख रुपैयाँमात्रै प्रोभिजनिङ गरेको थियो। असारसम्ममा एनएमबि बैंकको ७९.०५ प्रतिशतले घटेर २३ करोड ९० लाख रुपैयाँ वितरणयोग्य नाफा कायम भएको छ।

असारसम्ममा बैंकको वार्षिक प्रतिसेयर आम्दानी पनि घटेको छ। अघिल्लो आर्थिक वर्षमा ११.६५ रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको असारसम्ममा ८.१३ रुपैयाँमा झरेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको १३.४७ रुपैयाँ ईपीएस थियो। जुन चौथो त्रैमासमा आएर घटेको हो। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको ईपीएस ९.७७ रुपैयाँ र पहिलोमा १३.३४ रुपैयाँ रहेको थियो। यसबाट बैंकका लगानीकर्ताले हेर्ने मुख्य सूचकहरुमा नै बैकको प्रस्तुति कमजोर देखिन्छ।

एनएमबि बैंकको अध्यक्ष मनोज गोयल हुन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS