IME Life

बीमितलाई भुक्तानी गर्नुपर्ने दाबीको विवरण किन सार्वजनिक गर्दैनन् जीवन बीमक ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा अवधि पूरा भएपछि आफूले वर्षाैंदेखि जम्मा गरेको पैसा र बोनस रकमसहित एकमुष्ठ दाबी भुक्तानी पाइन्छ भन्ने आशामा बीमितले जीवन बीमा गराएका हुन्छन् । बीमा अवधि पूरा हुन ५, १०, १५, २० वर्ष वा त्योभन्दा पनि बढी समय लाग्न सक्छ।

यति लामो समय लाग्ने भएकाले बीमालेख परिपक्व भइसकेपछि बीमाबापतको दाबी भुक्तानी लिने प्रक्रियाबारे बीमित जानकार हुँदैनन् । बीमा दाबीका लागि कहिले, कहाँ, कसरी सम्पर्क गर्ने र दाबी रकम प्राप्त गर्नका लागि कुन–कुन कागजपत्र आवश्यक पर्छ भन्नेबारेमा अधिकांश बीमित बेखबर हुन्छन्। किनकि अधिकांशले जीवनमा पहिलो पटक वा एकपटक मात्र बीमा गराएको हुने सम्भावना बढी हुन्छ। बीमालेख खरिद गर्ने समयमा पनि बीमितलाई बीमालेख परिपक्व भइसकेपछि दाबी भुक्तानी कसरी लिने भन्ने बारेमा पर्याप्त अभिमुखीकरण गरिएको हुँदैन।

SKYWELL
Crest

बीमितसँग बीमकले नियमित सम्पर्क नगरेको वा पर्याप्त सञ्चार नगरेका कारण परिपक्व बीमाबापतको ठूलो रकम लामो समयदेखि बीमकको खातामै थन्किएको छ। यसको लाभबाट बीमित वा तिनको हकवाला वञ्चित छन्।

परिपक्व बीमालेख र आवधिक लाभ वा जीवित लाभबापतको रकम बीमितले तत्कालै प्राप्त गर्नुपर्नेमा बीमकको खातामै थन्किरहँदा जीवन बीमाको वास्तविक उद्देश्यसँग मेल खान सकेको छैन । पैसा अनावश्यक रुपमा बीमकको खातामै थन्किरहने र अर्कोतर्फ यसको वास्तविक धनी लाभबाट वञ्चित रहनुपर्ने अवस्था स्वयं बीमकका लागि पनि अपेक्षित होइन।

नेपालमा जीवन बीमा कम्पनीहरुले बीमितलाई दाबी भुक्तानी गर्नुपर्ने रकमको सम्बन्धमा जानकारीहरु लुकाउने गलत अभ्यास रहँदै आएको छ, जति ठूलो र पुरानो कम्पनी, त्यसले बीमितलाई भुक्तानी गर्न बाँकी रकमको आकार पनि उत्तिक्कै ठूलो छ।

कुल १४ जीवन बीमकमध्ये अमेरिकी बीमक, अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ) को नेपाल शाखाले मात्र दाबी भुक्तानी दिन बाँकी बीमाको बीमालेख नम्बरसहितको सूची आफ्नो वेबसाइटमा प्रकाशन गर्दै आएको छ।

मेटलाइफले वेबसाइटमा प्रकाशन गरेको आंशिक दाबी भुक्तानी लिन बाँकी बीमितको सूचीको अंश। श्रोतः मेटलाइफ नेपाल

नियामक नेपाल बीमा प्राधिकरणले बीमितलाई सूचना दिएर यथासम्भव छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएपछि बीमकले औपचारिकताका लागि वेबसाइटमा परिपक्व दाबी, आवधिक लाभ, अग्रिम भुक्तानी वा जीवित लाभबापतको रकम भुक्तानीका लागि सम्पर्क गर्ने व्यहोराको सूचना प्रकाशन गरेका छन्। यस्तो सूचनामा बीमितको नाम र बीमालेख नम्बरसहितको विवरण खुलाउनुपर्नेमा यस्तो विवरण खुलाइएको छैन।

मेट लाइफ इन्स्योरेन्सले प्रकाशन गरेको परिपक्व दाबी भुक्तानी लिन बाँकी रहेका बीमालेखको सूचीको अंश । श्रोतः मेटलाइफ नेपाल

प्राधिकरणको चासोपछि पछिल्लो समयमा बीमकले एसएमएसमार्फत बीमितलाई दाबी भुक्तानी लिनका लागि सम्पर्क गर्न सूचना जारी गरिरहेका छन्। अन्डराइटिङको समयमै बीमितको सम्पर्क मोबाइल नम्बर जथाभावी दर्ज गरिएकाले पुराना बीमकले १० वर्षअघि जारी गरेका बीमालेखको बीमितले सूचना प्राप्त गर्न नसकेको अवस्था छ। त्यस समयमा कर्मचारीले हतारमा अण्डरराइटिङ गर्नका लागि सँग सम्पर्क हुन नसकेको अवस्था छ।

केही बीमकले एक दशकभन्दा पुराना निष्क्रिय र परिपक्व भइसकेको बीमालेखको बीमितको अवस्था अज्ञात रहेकाले भुक्तानी फर्छयौट गर्न समस्या भएको प्रतिक्रिया दिएका छन्। पुराना अभिकर्ता र कर्मचारीको सहयोगमा, बीमालेखमा उल्लेखित ठेगानाका माध्यमबाट बीमा कम्पनीले यस्ता बीमितको अवस्था पत्ता लगाउने प्रयास गरेका छैनन्।

यस्तो छ कानुनी प्रावधान

प्राधिकरणले जारी गरेको दाबी भुक्तानी मार्ग दर्शन २०८१ को दफा ५ मा परिपक्व भएको बीमालेखको दाबी भुक्तानीका लागि परिपक्व मितिले १५ दिनभित्र बीमकले बीमितलाई सूचना दिनुपर्ने प्रावधान छ। यस्तो सूचना जारी गर्दा बीमकले भुक्तानी लिनका लागि आवश्यक पर्ने कागज प्रमाणका बारेमा पनि विस्तृत जानकारी गराउनुपर्छ। बीमितले दाबी भुक्तानीका लागि कागजपत्रसहित निवेदन पेस गरेमा बीमकले आवश्यक जाँचबुझ गरी निवेदन परेको ७ दिनभित्र दाबी भुक्तानी दिनुपर्छ।

बीमालेखको अवस्थाबारे जानकारी पाउने उपाय

तपाइँलाई आफू वा परिवारको कुनै सदस्यले कुनै बेला जीवन बीमा गराएको जस्तो लाग्छ तर त्यसको अवस्था कस्तो छ भन्ने जानकारी छैन भने तपाइँले थोरै चासो राखेर यसबारे जानकारी प्राप्त गर्न सक्नुहुन्छ। तपाइँको आफ्नै वर्षाैं पुरानो बीमाको अवस्थाबारे तपाइँ बेखबर हुनुहुन्छ भने आफूले बीमा गराएको जीवन बीमा कम्पनीको नजिकको कार्यालयमा सम्पर्क गरेर जानकारी लिन सक्नुहुन्छ।

तपाइँले आफ्नो बीमालेखको सम्बन्धमा ई–मेल, टेलिफोन सम्पर्क वा प्रत्यक्ष रुपमा सम्पर्क यस्तो जानकारी हासिल गर्न सक्नुहुन्छ। परिवारका कुनै सदस्य जस्तै– श्रीमान, श्रीमती, आमा–बाबुको नाममा भएको बीमालेखका बारेमा पनि तपाइँले सामान्य जानकारी पाउन सक्नुहुन्छ।

तपाइँसँग बीमालेख छैन वा हराएको छ भने पनि तपाइँले बीमाबारे जानकारी प्राप्त गर्न सक्नुहुन्छ। बीमितको नाम वा मोबाइल नम्बरका माध्यमबाट बीमा कम्पनीका कर्मचारीले सफ्टवेयरबाट सहजै बीमालेखको विवरणसहितको जानकारी उपलब्ध गराउन सक्छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS