IME Life

उत्कृष्ट कार्य गर्ने अभिकर्ता र एजेन्सी म्यानेजरलाई सुर्यज्योतीको दमौली शाखाले गर्यो सम्मान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दमौली शाखाले आर्थिक वर्ष २०८०/८१ मा सर्वोत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरेको छ। कम्पनीले टिमबाट सबभन्दा बढी व्यवसाय गर्ने प्रथम प्रितिमा श्रेष्ठ, द्वितिया सरिता गोतामे, तेस्रो इन्दिरा दरैलाई सम्मान गरेको हो ।

कम्पनीले सबैभन्दा बढी बीमालेख बिक्री गर्नेमा  हिरा माया थापा, सबै भन्दा बढि अभिकर्ता उपलब्ध गर्नेमासुजिता थापा, अनुशासन रूपमा डकुमेन्ट पुरा गर्नेमा सरिता गोतामे र सबै भन्दा ठूलो बीमांङ रकममा सझना नेपालीलाई सम्मान गरेको हो ।

SKYWELL
Crest

व्यतिगत कोडमा व्यावसाय गर्न प्रथम सझना नेपाली ,द्वितिया इन्दिरा दरै, तेस्रोमा कुसुम गुरुङ हुन् । कार्यक्रममा सहभागी भएका कम्पनीका अन्नपूर्ण क्षेत्रीय प्रमुख मिन बहादुर जिसीले बीमाको महत्त्व ,अभिकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिका बारे प्रष्ट पर्दै बीमा क्षेत्रको चुनौती र सम्भावनाका बारेमा जानकारी दिएका थिए ।

६० जना भन्दा बढी सहभागीता रहेको उक्त कार्यक्रममा दमौली शाखाका शाखा प्रबन्धक बिना श्रेष्ठ जोसीले बीमा क्षेत्र अभिकर्ताहरुको माध्यमबाट सञ्चालन हुने भएको हुदा उनीहरुको मेहनत र लगनशिलता को प्रसंसा गर्दै धन्यवाद दिइन् ।

कार्यक्रम दमौली शाखामा कार्यरत अपरेसन इन्चार्ज करण नेपालीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर सरिता गोतामेले र अभिकर्ताहरुको तर्फबाट सम्झना नेपाली र कमल श्रेष्ठ जोसीले मन्तव्य राखेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS