IME Life New

थाती रहेको दाबी भुक्तानीमा प्राधिकरणको चासो, बीमकलाई गरायो सचेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमाको दाबी भुक्तानीमा बीमकले अनावश्यक ढिलासुस्ती गर्न थालेको गुनासो बढेपछि नेपाल बीमा प्राधिकरणले पुनः चासो राखेको छ। प्राधिकरणले बीमा कम्पनीको दाबी विभागसँग दाबी भुक्तानीको विवरण माग गर्दै थाती रहेका दाबी भुक्तानीको सम्बन्धमा मनासिब कारण खोज्न थालेको छ।

प्राधिकरणको सकृयतापछि मृत्यु दाबी सम्बन्धमा बीमकको भुक्तानी गर्नुपर्ने दायीत्वमा उल्लेख्य गिरावट देखिए पनि अझैसम्म दुई वर्षभन्दा पुराना मृत्यु दाबीमा मुद्दाहरू पनि जीवन बीमकको दाबी विभागमा थाती रहेका छन्। निर्जीवन बीमा दाबीमा पनि सवारी दुर्घटनाको क्षतिपूर्ती र आगलागीको घटनामा बीमा दाबीका सम्बन्धमा बीमक र दाबीकर्ताबीच विवादका कारण दाबी भुक्तानी हुन सकेको छैन ।

Esewa
Crest

बीमाको विश्वसनीयता बढाउन र लाभ बिस्तार गर्न समयमै बीमा दाबी गरिनु सबैभन्दा प्रभावकारी औजार हुने भएकाले प्राधिकरणले दाबी भुक्तानीलाई प्राथमिकताको शीर्ष सूचीमा राखेको छ। विशेषगरी जीवन बीमा दाबी सम्बन्धमा बीमित पक्षबाट कुनै उजुरी प्राप्त भएमा प्राधिकरणले तत्परता देखाउँदै अधिकांश मुद्दामा बीमितको पक्षमा नै फैसला दिने गरेको छ।

प्राधिकरणको नियमन शाखाका प्रमुख पदम प्रसाद सोडारीले दाबी भुक्तानीमा अनावश्यक ढिलासुस्ती नगर्न जीवन बीमकलाई निर्देशन दिइएको बताए। उनले पछिल्लो समयमा प्राधिकरणले निर्जीवन बीमकको बाँकी रहेको दाबी भुक्तानीबारे अध्ययन गरिरहेको जानकारी दिए । अध्ययन सकिएपछि सम्बन्धित बीमकलाई समय सीमा सहित दाबी फर्छ्याैट गर्न निर्देशन दिइनेछ उनले बताए ।

यस्तो छ दाबी भुक्तानी सम्बन्धी प्रावधानः

प्राधिकरणको दाबी भुक्तानी मार्ग दर्शन २०८१ को प्रावधान अनुसार जीवन बीमकले दाबी निवेदन परेको ३० दिनभित्र मृत्यु दाबी भुक्तानी गरिसक्नुपर्छ।

निवेदन प्राप्त भएपछि आवश्यक भए अन्य तथ्य प्रमाण समेत जाँचबुझ गरेर कागज पत्र प्राप्त भएको मितिले जीवन बीमकले १५ दिनभित्र दायीत्व छानबिन गरी दाबी भुक्तानी लिनका लागि निवेदकको नाममा फर्छ्याैट पूर्जा जारी गर्नुपर्छ । दाबी फर्छ्याैट पूर्जामा निवेदकले प्राप्त भएको मितिले १५ दिनभित्र बीमकले बीमा दाबी भुक्तानी गर्नुपर्छ।

निवेदन बमोजिम दायीत्व छानबिन गर्दा बीमा भुक्तानी गर्नु नपर्ने भएमा कारण खुलाई त्यसको लिखित जानकारी निवेदकलाई दिनुपर्छ। निवेकलाई जानकारी दिंदा चित्त नबुझेमा नेपाल बीमा प्राधिकरणमा उजुरी दिन सकिनेछ ।

साना दाबी भुक्तानीका लागि जीवन वा निर्जीवन बीमकले १५ दिनभित्रै दाबी भुक्तानी फर्छ्याैट गरिसक्नुपर्ने प्रावधान छ। जीवन बीमकले दुई लाख रूपैयाँसम्मको र निर्जीवन बीमकले पचास हजार रूपैयाँसम्मको दाबीलाई सानो दाबीमा वर्गिकरण गरेर यथाशिघ्र फर्छ्याैट गर्नुपर्ने प्रावधान दाबी भुक्तानी मार्गदर्शनको दफा ८(३) मा छ।

निर्जीवन बीमा दाबीको हकमा निवेदन दर्ता भएपछि सर्भेयर नियुक्त गरेर १५ दिनभित्र सर्वेक्षण प्रतिवेदन प्राप्त गर्नुपर्ने प्रावधान छ। सर्भेयरबाट प्रतिवेदन प्राप्त भएको २१ दिनभित्र दाबी फर्छ्याैट गरिसक्नुपर्छ। यसरी निर्जीवन बीमाको हकमा सामान्य अवस्थामा बीमकले ३६ दिनभित्र दाबी फर्छ्याैट गर्नुपर्ने समय सीमा तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS