IME Life New

पुनर्बीमा व्यवसाय र दलालीका लागि १९ वटा विदेशी कम्पनी सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पुनर्बीमा व्यवसायका लागि नेपाल बीमा प्राधिकरणमा सूचीकृत भएका पुनर्बीमक र पुनर्बीमा दलालको प्रथम सूची सार्वजनिक गरेको छ। प्राधिकरणमा दक्षिण एशियाली मुलुक भारतदेखि दक्षिण अफ्रिकी मुलुक जाम्बिया सम्मको पुनर्बीमकको नाम रहेको छ।

भुटानको जिआइसी भुटान रिइन्स्योरेन, आयरल्याण्डको आर्क रिइन्स्योरेन्स, जाम्बियाको क्यालपटन रिइन्स्योरेन्स, जुरिचको इको रिइन्स्योरेन्स, भारतको द ओरिएण्टल इन्स्योरेन्स, कुवेतको कुवेत रिइन्स्योरेन्स, भारतको द न्यू इण्डिया एस्योरेन्स, कजाकिस्तानको युरेसिया इन्स्योरेन्स र द अण्डरराइटिङ मेम्बर्स अफ द सोसाइटी अफ लोयड्स दर्ता भएका छन् ।

Esewa
Crest

विदेशी पुनर्बीमकका लागि प्राधिकरणले जारी गर्‍यो सूचीकरण मार्गदर्शन, यस्ता छन् प्रावधान

यसैगरी चीनको संघाइको साथै एशियाली मुलुक इण्डोनेशिया, मलेशिया, भारतसमेतको १० वटा पुनर्बीमा दलाल सूचीकृत भएका छन् । प्राधिकरणका अनुसार पेरिटस इन्स्योरेन्स ब्रोकर्स प्रालि, श्रीधर इन्स्योरेन्स ब्रोकर, पायोनियर इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स, महिन्द्रा इन्स्योरेन्स ब्रोकर, अलर्ट इन्स्योरेन्स ब्रोकर, विलिस इन्स्योरेन्स ब्रोकर, इन्टरलिंक इन्स्योरेन्स, केएम दास्तुर एण्ड कम्पनी, पिटि जेबिबोडा भिभा र मनोज रिइन्स्योरेन्स सूचीकृत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS