IME Life New

हिमालयन बैंकमा निष्क्रिय कर्जाको थुप्रो, लाभांश पनि दिन नसक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकमा निष्क्रिय कर्जाको थुप्रो लाग्दै गएको छ भने लगानीकर्तालाई लाभांश पनि दिन नसक्ने अवस्थामा पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०७९।८० र गत आर्थिक वर्ष २०८०।८१ मा बैंकको निष्क्रिय कर्जा बढ्दै गएको तथ्यांकले देखाएको हो। बढ्दै गएको निष्क्रिय कर्जालाई रोक्न बैंकले सकेको छैन। गत वर्ष असुलीमा जोडतोडले लागेको भए पनि कर्जा बढी मात्रामा निष्क्रिय बनेको छ।

Esewa
Crest

विगतमा कर्जा विस्तारमा आक्रामक नीति लिएको बैंकले कर्जा असुली गर्न भने सकेको छैन। ऋणीबाट कर्जा असुली गर्न नसक्दा बैंकको निष्क्रिय कर्जा नियामक नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी हुने देखिएको छ।

गत आर्थिक वर्षको अन्तिममा बैंकको निष्क्रिय कर्जा ४.९१ प्रतिशत रहेको बैंकको वित्तीय विवरणले देखाएको छ। जब कि यो अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको हाराहारीकै हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४.९६ प्रतिशत रहेको हिमालयन बैंकको निष्क्रिय कर्जा दोस्रो त्रैमाससम्म ४.९५ प्रतिशत र पहिलो त्रैमासमा ४.६७ प्रतिशत थियो।

कर्जा नउठेसँगै बैंकको गैरबैंकिङ सम्पत्ति पनि बढेको छ। गत आर्थिक वर्षमा बैंकले गैरबैंकिङ सम्पत्तिका लागि नियामकीय जगेडा कोषमा १ अर्ब १५ करोड रुपैयाँ छुट्याएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले यसका लागि १६ करोड ४४ लाख रुपैयाँमात्रै छुट्याएकोमा अहिले बढेको हो।

हिमालयन बैंकलाई ब्याज उठाउन मुस्किल परेको देखिन्छ। बैंकले ब्याज उठ्न नसकेर २ अर्ब ११ करोड रुपैयाँ नियामकीय जगेडामा छुट्याएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले यसका लागि ९६ करोड ९० लाख रुपैयाँ छुट्याएकोमा अहिले धेरै बढेको छ।

लगानीकर्तालाई लाभांश नै दिन नसक्ने गरी हिमालयन बैंकको अवस्था खस्किएको छ। साबिक सिभिल बैंकलाई गाभेको हिमालयन बैंकको सञ्चित नोक्सानी नै ५ अर्ब रुपैयाँभन्दा धेरै छ। जसका कारण बैंकले प्रतिफल दिन सक्दैन।

अघिल्लो आर्थिक वर्ष असार समान्तसम्मको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) सुधार भएको छ। यद्यपि अन्य बैंकसँग तुलना गर्दा भने कम नै रहेको तथ्यांकले देखाउँछ।

बैंकको सञ्चालक समिति अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोकशमशेर राणा छन्। राणा करिब आधा दर्जनपटक बैंकको सीईओ बनिसकेका छन्। नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थामा एक व्यक्तिले २ कार्यकालभन्दा बढी सीईओ हुने नपाउने भए पनि बैंक सञ्चालक समितिले उनलाई सीईओ बनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS