IME Life New

राष्ट्रिय परिचयपत्रः सांस्कृतिक र जातीय पहिचान जनाउने पहिरन लगाएर फोटो खिच्न पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अब राष्ट्रिय परिचयपत्रमा सर्वसाधारणले आफ्नो सांस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न पाउने भएका छन्।

गृह मन्त्रालयका अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा सर्वसाधारणलाई यो सुविधा उपलब्ध गराएको हो। राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन भन्दै विभागले सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाइ रहेका सबै र राष्ट्रिय परिचयपत्र इकाइलाई पत्र काट्दै ४ बुँदे निर्देशनसमेत जारी गरेको हो।

Esewa
Crest

यस्ता छन् निर्देशन

  • राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्नेछ। फोटो खिच्दा सिन्दुर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन।
  • राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्रबाहेकको अन्य कागजातहरु राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनका लागि सम्भव भएसम्म सक्कल वा छाँयाप्रतिमा सम्बन्धित व्यक्तिले सक्कलबमोजिम नक्कल ठीक छ भनि प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडि बढाउने।
  • व्यक्तिको नागरिकतामा केही विवरण स्पष्ट नभएको खण्डमा सीआईएमएस÷नागरिकताको अभिलेखबाट समेत रुजु गरी विवरण दर्ताको व्यवस्था मिलाउने।
  • तहाँ कार्यालयमा अन्य जिल्लाका नागरिकहरुले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेस गरेमा विवरण दर्ताको व्यवस्था मिलाउने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS