IME Life New

सेबोनमा अध्यक्षको इन्ट्री हुन्छ हाफ टाइमपछि, भन्छन्ः मलाई धितोपत्र बजारबारे थाहै छैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खुला प्रतिस्पर्धाबाट अध्यक्ष नआउँदा अहिले नेपाल धितोपत्र बोर्ड (सेबोन) साधारण शेयर निष्कासन अनुमतिदेखि नीतिगत निर्णय लिने काम रोकिएको छ। अहिले सेबोनमा सामान्य दैनिक कार्यमात्र भइरहेका छन्।

गत वर्ष पुस तेस्रोबाट रमेशकुमार हमालको कार्यकार सकिएपछि सेबोनमा खुला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्त हुन सकेको छैन। अहिले अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई सरकारले सेबोनको अध्यक्षको जिम्मेवारी दिएको छ। त्यसअघि सहसचिवहरु नरेन्द्रकुमार राना र रितेशकुमार शाक्यले अध्यक्षको भूमिका निर्वाह गरेका थिए।

Esewa
Crest

अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढे पनि सर्टलिस्टमा परेका ३ जनाले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता बहिष्कार गरेपछि रोकिन पुग्यो। तत्कालीन मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले पछि यो प्रक्रिया नै रद्द गर्यो। तर, अन्तर्वार्तामा सहभागी भएका २ जनामध्ये सत्यनारायण श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा हालेपछि अहिले अध्यक्ष नियुक्ति प्रक्रिया अलमलमा परेको छ।

पछिल्लो अध्यक्ष भूमिकामा रहेका बराल पनि फुल टाइम सेबोनमा बस्दैनन्। उनको काँधमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जिम्मेवारी पनि रहेको छ। उनी विमानस्थल भन्सार कार्यालयका प्रमुख पनि हुन्। ‘बराल सर दोस्रो हाफ दिउँसो २ बजेतिरमा मात्रै सेबोनमा आउनुहुन्छ’, सेबोनका एक कर्मचारीले भने, ‘पहिलो हाफ उहाँको भन्सार कार्यालयमै बित्छ।’

विगत ७ महिनादेखि सेबोनले खुला प्रतिस्पर्धाबाट अध्यक्ष नपाउँदा सबै काम रोकिएको ती कर्मचारीको भनाइ छ। ‘अहिले कर्मचारी अफिस आउँछन्, दैनिक काम भए गर्छन्, काम नभएर गफ गरेरै समय बिताउँछन्’, ती कर्मचारीले भने, ‘अहिले कर्मचारीहरुलाई निकै आराम छ, सरकारी काम कहिले जाला घामजस्तै भएको छ।’

अध्यक्ष भूमिकामा रहेका बराल सजिलै साधारणको शेयरको निष्कासन अनुमति दिने पक्षमा नरहेको सेबोनका एक उच्च अधिकारीले बताए। ‘अहिले उहाँ प्रक्रियाहरु बुझ्दै हुनुहुन्छ, सबै डिपार्टमेन्टका साथीहरुलाई भेटेर धितोपत्र बजार र कानुनी प्रक्रिया कस्तो हुन्छ भनेर सोधीखोजी गर्दै हुनुहुन्छ।’

यसअघि सरकारले तोकेका अध्यक्षहरु केही कम्पनीलाई शेयर निष्कासनको अनुमति दिएर बद्नाम भएकै कारण बरालले रिस्क लिन नचाहेको हुन सक्ने कर्मचारीहरुको अनुमान छ। ‘उहाँले हामीसँग कुरा गर्दा पनि मलाई धितोपत्र बजारबारे थाहै छैन, अनि कसरी निर्णय लिने भन्नुहुन्छ’, अर्का एक कर्मचारीले भने, ‘उहाँले म यो क्षेत्रको मान्छे नै होइन, सरकारले पठाएकोले आउन बाध्य भएको बताउनुहुन्छ।’

अब खुला प्रतिस्पर्धाबाट बजार बुझेको मान्छे अध्यक्ष भएर नआएसम्म सेबोनबाट नीतिगत निर्णय लिने र शेयर निष्कासन अनुमति खुल्ने सम्भावना निकै कम रहेको ती कर्मचारीले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS