IME Life New

प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको, प्रभु बैक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले आज एक समारोहका बिच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरे । सो कार्यक्रमा शुभकामना मन्तब्य दिँदै उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोवारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे ।

उनले व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकास आफ्नो तर्पmबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केट लिमिटेडले सफलता पाउन सकोस् भनी शुभकामना समेत व्यक्त गरे ।

Esewa
Crest

सोही कार्यक्रका विशेष अतिथि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको भन्दै शुभकामना व्यक्त गरे । साथै, प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले उपस्थित सबैलाई धन्यवाद दिंदै ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS