IME Life New

जहाज दुर्घटनापछि त्रिभुवन विमानस्थलमा हवाई सेवा बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा बन्द गरिएको छ।

बिहान करिब ११ बजे पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घनाग्रस्त भएको थियो। जहाज उड्नेबित्तिकै खसेको थियो।

Esewa
Crest

त्रिभुवन विमानस्थल कार्यालयका एक अधिकारीले उद्धार उडान–अवतरण सबै बन्द गरिएको बताए। काठमाडौं आइरहेका जहाज अन्यत्र डाइभर्ट गरिएको ती अधिकारीको भनाइ छ।

उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने ती अधिकारीले बताए। दुर्घटनाग्रस्त विमान १९ जना यात्रु रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनाग्रस्त क्षेत्रबाट अहिलेसम्म ४ वटा शव निकालिएको उद्धारकर्मीहरुले जनाएका छन्।

उद्धार कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS