IME Life New

जहाज खरिदको किस्ताबापत वायुसेवा निगमले तिर्यो रु. ४३ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिदको किस्ताबापत असारमा ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ।

निगमले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ असार महिनाको किस्ता बापत पूरा र वाइडबडी जहाजको आंशिक गरी असार ३१ मा उक्त रकम भुक्तानी गरिएको निगमले जनाएको छ।

Esewa
Crest

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर अन्तर्राष्ट्रिय उडान गर्न दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो।

यसैगरी नियमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेसँगै २०८१ असारसम्म ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेकोसमेत निगमले जनाएको छ। विश्वव्यापी कोरोना महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकोले सो असर रहेको अवधिको ब्याजको हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन र किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाई सहजीकरण गरिदिन समेत निगमले दुवै कोषलाई आग्रह गरेको छ। यस सम्बन्धमा छलफलसमेत भइरहेको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS