IME Life New

‘डिम्याट’ र ‘मेरो शेयर’ नवीकरण गर्नुभयो ? नगर्दा के हुन्छ समस्या ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर कारोबारका लागि ‘डिम्याट’ र ‘मेरो शेयर’ खाता अनिवार्य रहेको छ। शेयर खरिद–बिक्री गर्दा यी दुवै खाता सक्रिय नरहेको अवस्थामा अप्ठ्यारो पर्न सक्छ।

डिम्याट र मेरो शेयर ग्राहकले वार्षिक रुपमा हरेक आर्थिक वर्षको असार मसान्तसम्म नवीकरण गर्नुपर्ने हुन्छ। यदि कसैले डिम्याट र मेरो शेयर नवीकरण गरेका छैनन् भने शेयर खरिद–बिक्री प्रक्रियामा समस्या पर्न सक्छ। टीएमएसबाट शेयर बिक्री गरेपछि ईडीआईएस अर्थात शेयर ट्रान्सफर गर्नुपर्ने हुन्छ। यदि मेरो शेयर नवीकरण गरिएको छैन शेयर ट्रान्सफर गर्न मिल्दैन। शेयर फ्रिज भएर बसेको हुन्छ। यस्तो अवस्थामा तोकिएको समयभित्र शेयर ट्रान्सफर गरिएन भने क्लोजआउटमा पर्न सकिन्छ। क्लोजआउटमा पर्दा आफूले गरेको शेयर कारोबारको २० प्रतिशत रकम जरिवाना तिर्नुपर्नेछ।

Esewa
Crest

त्यसैले यदि अझै पनि कसैले मेरो शेयर र डिम्याट नवीकरण गर्न भुलेका छन् भने विभिन्न वालेटका माध्यमबाट वा अनलाइनबाटे नवीकरण गर्न सकिन्छ। सम्बन्धित क्यापिटल वा डीपीमा गएर पनि यी दुवै खाता नवीकरण गर्न सकिन्छ।

मेरो शेयर र डिम्याट १ वर्षका लागिमात्र गर्नुपर्छ भन्ने छैन। यदि कोही यही शेयर बजारमा सक्रियतापूर्वक लागिएको छ भने ५ वर्षसम्म एकैपटक गर्दा राम्रो हुन्छ । यसरी एकैपटक ५ वर्षका लागि दुवै खाता नवीकरण गर्दा कुनै वर्ष भुलेमा पनि केही फरक पर्दैछ। यी दुवै खाता एकैपटक नवीकरण गर्दा वार्षिक १५० रुपैयाँ शुल्क लाग्छ।

अझै केही क्यापिटलहरुले आजीवन मेरो शेयर र डिम्याट खाता नवीकरण गर्नुपर्ने सुविधा पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS