IME Life New

नयाँ आवको पहिलो दिन बढ्यो सबै बीमा कम्पनीको शेयरभाउ, कुन-कुन छन् सस्ता ?(सूचीसहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा भारी अंकको वृद्धि भएको छ। नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ को विन्दुमा बन्द भएको छ।

नयाँ सरकार गठन र अर्थमन्त्रीमा पुनः विष्णु पौडेल नियुक्त भएसँगै लगानीकर्ताको मनोबल बढ्दा शेयर बजारमा उछाल आएको हो। अर्थमन्त्री जिम्मेवारी सम्हालेकै शेयर बजार आफ्नो प्राथमिकतामा रहेको बताएपछि बजार सकारात्मक महौल बनेको देखिन्छ।

Crest

आज कारोबारमा आएका २३४ कम्पनीको शेयरभाउ बढेको छ भने ८ वटाको मात्रै घटेको छ। यो दिन सबै बीमा कम्पनीको शेयरभाउ बढेको छ। जसमा नेप्सेमा सूचीकृत १२ जीवन बीमा, १२ निर्जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनी छन्।

शेयरभाउकै आधारमा भने जीवन बीमामध्ये एलआईसीको शेयरभाउ सबैभन्दा धेरै छ। यो कम्पनीको शेयरभाउ १४६९ रुपैयाँ आज अन्तिम कारोबार भएको छ। आज यो कम्पनीको शेयरभाउ ३१ रुपैयाँले बढेको छ।

दोस्रोमा सर्वाधिक शेयरभाउ एसियन लाइफ रहेको छ। यो कम्पनीको शेयरभाउ ६५३ रुपैयाँ पुगेको छ। यो कम्पनीको शेयरभाउ ३० रुपैयाँ अर्थात ४.८२ प्रतिशतले बढेको छ।

तेस्रोमा नेपाल लाइफ रहेको छ। आजको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको शेयरभाउ ६३० रुपैयाँ कायम भएको छ। आज ११ रुपैयाँले शेयरभाउ बढेको छ।

यसैगरी निर्जीवन कम्पनीतर्फ सर्वाधिक शेयरभाउ भएको कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। यो कम्पनीको शेयरभाउ आज ११० रुपैयाँले बढेर १३ हजार ६०० रुपैयाँ कायम भएको छ।

दोस्रोमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको छ। आज यो कम्पनीको शेयर ९१० रुपैयाँमा अन्तिम कारोबार भएको छ। आज शेयरभाउ ३० रुपैयाँले बढेको छ।

सिद्धार्थ प्रिमियर तेस्रो सबैभन्दा शेयरभाउ भएको निर्जीवन बीमा कम्पनी रहेको छ। यो कम्पनीको शेयरभाउ आज ८७७ रुपैयाँ कायम भएको छ। आज प्रतिकित्ता १७.१० रुपैयाँले शेयरभाउ बढेको छ।

पुनर्बीमा कम्पनीतर्फ भने नेपाल रिइन्स्योरेन्सको प्रतिकित्ता ७१३ रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको ५९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। दुवै कम्पनीको शेयरभाउ क्रमशः १५ रुपैयाँ र १० रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS