Connect IPS
IME Life

सिद्धार्थ इन्टरनेशनल होटलले आइपीओ जारी गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्टरनेशनल होटलले प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा कम्पनीले मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

सो सम्बन्धी सम्झौतापत्रमा मंगलबार विहान सिद्धार्थ बिजनेस ग्रूप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सो अवसरमा अध्यक्ष न्यौपानेले चालू आर्थिक वर्षमै आईपीओ निष्कासन गरिने बताए । उनका अनुसार कुल जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरिनेछ ।

सिद्धार्थ ग्रूप अन्तर्गतको उक्त कम्पनीले काठमाडौंको बौद्धस्थित चारतारे स्तरीय सिद्धार्थ बुटिक होटल र रुपन्देहीको भैरहवामा पाँच तारे होटल सिद्धार्थ भिलासा सञ्चाल गरिरहेको छ ।

सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका साथै हस्पिटालिटी एजुकेशन, रेष्टुरेन्ट, कटेज, क्याफे, कृषि फार्म, ट्रेडिङ, आइटीलगायत दुई दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS