काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा १४८ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ९३ कम्पनीको शेयरभाउ घटेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज विकास बैंक समूहमा चमक देखिएको छ। कारोबार रकम पनि बढेर साढे ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३० करोड ९ लाख रुपैयाँ
- नेपाल फाइनान्सः १७ करोड ६४ लाख रुपैयाँ
- महालक्ष्मी विकास बैंकः १७ करोड १२ लाख रुपैयाँ
- सांग्रिला डेभलपमेन्ट बैंकः १५ करोड ४१ लाख रुपैयाँ
- मञ्जुश्री फाइनान्सः १४ करोड ३५ लाख रुपैयाँ
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकः १३ करोड ६९ लाख रुपैयाँ
- आईसीएफसी फाइनान्सः १२ करोड ३९ लाख रुपैयाँ
- ज्योति विकास बैंकः १२ करोड २२ लाख रुपैयाँ
- कामना सेवा विकास बैंकः ११ करोड ६५ लाख रुपैयाँ
- गुडविल फाइनान्सः १० करोड ८८ लाख रुपैयाँ