IME Life
GBIME

शेयर बजारमा १५ अंकको बृद्धि हुँदा १४८ कम्पनीको भाउ बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर १५ दशमलव ४६ अंकले बढेर २,११९ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९३ कम्पनीको घटेको छ ।

आज ३१३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १७ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको १७ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समाज लघुवित्तका लगानीकर्ताले ९ दशलमव २३ प्रतिशतका दरले कमाएका छन् । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् । सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ३७ प्रतिशतका दरले गुमाएका हुन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS